मृगौला पीडित नेपालीको याचना : ‘सहयोग पाए बाँच्ने थिएँ’

Workplace

Workplace

हरि कुँवर, अर्घाखाँची ।

दुबै मृगौला पीडित शिव बहादुर नेपालीले सहयोग पाए बाँच्ने थिएँ भन्दै सहयोगको लागि याचना गरेका छन ।

अर्घाखाँची सन्धिखर्क नगरपालिका वार्ड नं १ तुम्कोट निवासी ३८ बर्षिय शिव बहादुर नेपाली दुबै मृगौला फेल भएपछि उपचारका लागि सहयोगको याचना गरेका हुन ।

पीडित नेपाली जन्मेको ६ महिनामा बुवा बितेर टुहुरो भएको र केहिसमय पछि आमाले समेत उनलाई छोडेर अन्यत्र गएकोले उनको बालापन संकटपुर्ण रह्यो र पारिवारिक आर्थिक अवस्था निकै कम्जोर पढ्न नपाई सानै उमेरमा भारततिर लागेका शिवका हाल श्रीमती २ छोरा र १ छोरी गरि जम्मा ५ जनाको परिवार छ।

आर्थिक अवस्था कम्जोर भएपछि छोराहरु ९ र १० कक्षामा अध्यनरत छन भने छोरिले १ कक्षामा पढाउन समेत समस्या आएको परिवार निकट जनक बस्यालले बताए । घरको आर्थिक अवस्था कमजोर रहेका निज शिव नेपालीलाई उपचारगर्न कठिनाई परिरहेको छ।

परिवारले शिवको जीवन रक्षाको लागि सहयोगी मनका धनी समाजसेवी देश विदेश , संस्था प्रति हार्दिक अनुरोध गरेको छ ।

सन्धिखर्क वडा सदस्य तथा समाज सेवि लक्ष्मन पराजुलीले पीडित परिवार लाई संकलित रकम ५१ हजार ६ सय ५० हस्तान्तरण गर्दै सहयोगी मनहरु प्रति सहयोग गरिदिनुहुन समेत आग्रह गरेका थिए ।

सहयोगको लागी –

शिवबहादुर नेपाली
रास्ट्रीय वाणिज्य बैंक- ३०५००२११००१०

नेपाल बैंक लिमिटेडको २७९११३०७०१६५७७०००००१

मोबाइल न- ९८५७०६१२९१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै