नेत्रहिन युवा संघ सुर्खेत द्वारा विभिन्न संस्थाहरूसँग शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Workplace

बिरेन्द्र गिरी, सुर्खेत ।

दृश्टि सम्बन्धि अपांगता भएका व्यक्तिहरूको अधिकारको लागि वकालत गर्दै आएको संस्था नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतको आयोजनामा दिपावली, नेपाल संवत ११४२ प्रारम्भ र छठ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेत्रहिन युवा संघ नेपालका महासचिव रामचन्द्र गैरेले नेत्रहिन युवा संघ नेपालले अधिकारको क्षेत्रमा आफ्नो स्थापनाकाल देखि नै विभिन्न मुद्दामा लडाइँ गर्दै आएको उल्लेख गर्दै यस्ता कार्यक्रम आयोजना मार्फत पनि संस्थाको परिचय र संस्था प्रतिको बुझाइ अझ वृहत बनाउने र त्यसले समुदाय र संस्था बीचको आपसि सहयोगि सहकार्य बलियो हुने बताएका छन् । गैरेले यस्ता सार्वजनिक कार्यक्रमहरूले संस्थागत यैक्यबद्धता बलियो बन्ने विश्वास पनि व्यक्त गरे ।
यस्तै कार्यक्रममा स्वागत मन्तव्य राखेका नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतका उपाध्यक्ष उत्तम बिकले संस्थाले स्वास्थ्य, शिक्षा र रोजगार प्रवर्धन लगायतका क्षेत्रमा कार्य गर्दै आएको बताउँदै शुभकामना आदानप्रदानले व्यक्ति र संस्थागत समिपता बढाउन मदत पुग्ने बताएका छन् । त्रिरत्न मेडियाका प्रवास शाक्यले तिहार लगायतका चाड पर्वहरू राम्ररी मनाउनका लागि सबैलाई प्रेरित गर्न आग्रह गरेका छन् ।
जुम मिटिङ मार्फत भएको कार्यक्रममा नेत्रहिन युवा संघ नेपालका विभिन्न जिल्लाका अध्यक्षहरू, नेत्रहिन संघ कर्णाली प्रदेशका अध्यक्ष सुरेश कुमार खड्का, नेत्रहिन क्रिकेट संघ कर्णाली प्रदेशका अध्यक्ष कर्ण कार्कि, नेपाल दृश्टिविहिन कल्याण संघ कैलालिका सचिव मात्रिका उपाध्याय, महिला अपांग समाज सुर्खेतका अध्यक्ष धन्सरा शाही, दृष्टिबिहिन हेरविचार केन्द्र सुर्खेतका अध्यक्ष जीवन कुमार शाक्य, र रेडियो राप्ती र राप्ती टेलिभिजनका कार्यक्रम उत्पादन तथा विज्ञापन साखा प्रमुख बिरेन्द्र गिरी लगायत अपांगता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरू तथा अन्य अपांगता भएका व्यक्तिहरूको उपस्थिति रहेको थियो । नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतका अध्यक्ष शेर बाहादुर ओलीको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव चेतन सुनारले गरेका छन् । ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै