नेकपा (एकीकृत समाजबादी) निकट युवा संघको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न

Workplace

Workplace

अर्घाखाँची ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी ) निकट युवा संघ नेपाल भुनपा १० धन्चौरको आयोजनामा संचालित खुल्ला भलिबल प्रतियोगिता ३ दिन सम्म संचालन भैई मगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । जिल्लाभर बाट १७ टिम प्रतियोगी सहभागी भएको खेल भब्य र ऐतिहासिक भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा रास्टिय युवा संघ नेपालको टिम प्रथम,सुबर्णखाल टिम द्वितीय र सितापुर टिम तेस्रो स्थान हासिल गरेको आयोजक नवीन घमले जानकारी दिए ।

प्रतियोगितामा प्रथमलाई नगद २० हजार मेडल र प्रमाणपत्र र द्वितीयलाई नगर १५ हजार मेडल र प्रमाण पत्र तेस्रो लाई नगद १० हजार मेडल र प्रमाण पत्र वितरण गरिएको कार्यक्रम सयोजक इन्द्र घमले बताए । कार्यक्रम उत्कृष्ट सटर,उत्कृष्ट खेलाडी हरुलाई समेत पुरस्कृत गर्नुका साथै विभिन्न हिसाबले खेलकुदलाई सहयोग गर्ने हरुलाई लाई संमान गरिएको लोकेस बुढाले जानकारी दिए । कार्यक्रम निकै प्रभावकारी,सफल भएको र कार्यक्रममा संगठन तथा पार्टीका नेताहरु तथा दर्शनहरुको समेत उत्साहजनक उपस्थिति भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै