
काठमाडौं ।
गोरखापत्र संस्थानमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाइएको घटनाप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।
गोरखापत्र संस्थानमा कार्यरत २८ जना श्रमजीवी पत्रकार लाई काम बाट हटाइएको हो ।
“प्रेस विज्ञप्ति
गोरखापत्र संस्थानमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाइएको घटनाप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
गोरखापत्र संस्थान प्रशासनले ‘व्यावसायिक तथा कार्यक्षमता’को आधारमा नभई आस्थाको आधारमा संस्थानमा कार्यरत २८ जना श्रमजीवी पत्रकार (स्टिन्जर)हरुलाई कामबाट हटाएको हो ।
आस्थाकै आधारमा ‘कार्यक्षमता’को दृष्टिले अब्बल र लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाउनु अत्यन्तै दुःखत छ । यस प्रकारको कदमको प्रेस चौतारी नेपाल घोर भत्र्सना गर्दछ ।
संस्थानमा लामो समयदेखि आफ्नो उर्बर समय खर्चेका योग्यतम् श्रमजीवी पत्रकारहरुलाई प्रोत्साहित गर्दै संस्थानलाई अब्बल सरकारी सञ्चार माध्यमको रुपमा स्थापित गर्नका लागि संस्थान नेतृत्व क्रियाशिल हुनुपर्ने हो । तर संस्थानको नयाँ नेतृत्व कार्यकर्ता भर्ती केन्द्र र दलको क्रिडास्थल बनाउनका निम्ती उद्यत छ ।
तसर्थ संस्थानमा हटाइएका २८ जना श्रमजीवी पत्रकारहरुलाई तत्काल पुर्नवहाली गर्न चौतारी नेपाल जोडदार माग गर्दछ । अन्याथा श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाको लागि प्रेस चौतारी कडा आन्दोलनमा जान बाध्य हुनेछ ।
मिति : १६ कात्तिक २०७८ ।
राजेश राई
महासचिव
“