
चितवन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा आफ्नो पार्टीको महाधिवेशन गर्दा विपक्षी गठबन्धन लाई किन छटपटी भएको ? भनेर प्रश्न गरेका छन् ।
नेकपा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्न चितवन आएका ओलीले प्रचण्डलाई लक्षित गरी उक्त प्रश्न गरेका हुन् ।
एमालेको १०औँ महाधिवेशन चितवनमा गर्ने तय भएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूविरुद्ध लड्नकै लागि एमालेले यहाँ महाधिवेशन गर्न लागेको बताएका थिए ।
नेकपा एमाले अध्यक्ष ओलिले चितवनबाट तीन जना प्रतिनिधिसभा सांसद र छ जना प्रदेश सांसद एमालेबाट चाहिने चितवनमा एमालेको गड हुने बताए । मतपत्र च्यात्ने र धाँधली गर्ने नभई जनताको मतबाट नै विजयी बनेर देखाउने उनले बताए ।