प्रेस चौतारी नेपाल जिल्ला अधिवेशन सम्पन्न गर्न खनाल लाई जिम्मेवारी

Workplace

अर्घाखाँची ।

प्रेस चौतारी नेपालका जिल्ला शाखाहरुको अधिवेशन आगामी पुष मसान्त भित्र सम्पन्न गर्ने भएको छ ।

प्रेस चौतारी नेपाल लुम्विनी प्रदेश कमिटीको सचिवालय बैठक बांकेको कोहलपुरमा सम्पन्न भएको थियो । बैठकले अधिवेशन सम्पन्न गर्न अर्घाखाँची जिल्लाको लागि गणेश खनाल लाई जिम्मेवारी दिएको हो ।

चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यता र प्रदेश कमिटी अध्यक्ष शोभाखर पन्थीको अध्यक्षतामा भएको बैठकले लुम्विनी प्रदेश सरकारकाले प्रदेश सभामा दर्ता गरेको सञ्चार सम्वन्धि एकिकृत विधेयक सञ्चारमैत्री नभएको धारणा राखेको थियो ।

प्रेस चौतारी नेपालका जिल्ला शाखाहरुको अधिवेशन आगामी पुष मसान्त भित्र सम्पन्न गर्ने गरी १२ वटै जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न गर्न फोकल पर्सन तोकिएको छ ।

जसअन्तर्गत अर्घाखाँची गणेश खनाल ,रुकुम शोभाखर पन्थी, नवलपरासीका लागि यम राना र केशव पराजुली,रुपन्देही प्रदीप आचार्य,कपिलवस्तु पार्वती पाण्डे,पाल्पा कमलराज तिमिल्सिना,गुल्मी युवराज पाण्डे,प्युठान गिरु भण्डारी,दाङ् टिका बस्नेत,रोल्पा र बांके भेषराज बस्नेत र बर्दियाका लागि रुद्र सुवेदीलाई जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (33%)
  • दुःखी (0%)
  • अचम्मित (67%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै