रायमाझी परिवारका दाजु बहिनीको तिहार गीत सार्वजनिक

Workplace

हरि कुँवर, काठमाडौं ।

लामो समयदेखि निरन्तर कडा मेहनत गरेर आफूलाई लोक दोहोरी क्षेत्रमा स्थापित गराएका अर्घाखाँचीका रायमाझी परिवारले तिहार गीत ” गाउँका लाउरे ” को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

रायमाझी परिवार ले यसभन्दा पहिले पुर्वे धरान,संगिनी, नक्क्ले भिनाजु एक दुई तीन क्रमश पाँचले पनि दर्शकहरु को मन जित्न सफल भएको थियो।

“गाउँका लाउरे” को म्युजिक भिडियोमा बिसाल रायमाझी र लक्ष्मी बस्नेतको स्वरमा सजिएको छ भने बिशाल रायमाझीले शब्द सजाएका हुन ।

कमल सौरागले एरेन्ज गरेको तिहार कोसेलीको म्युजिक भिडियोमाएउटा प्रदेसी तिहारमा घर फर्किन नपाउदा र घरमा दाजुलाइ कुरेर बसेकि बहिनीको पिडा दाजुको छट्पटी धेरै दिदी-बहिनीहरूका हात र दाजु-भाइका निधार खाली हुँदैगरेको मुटुभरीको पिडा लाई प्रस्तुत गरिएको छ ।

स्टुडियो मारुनीले ल्याएको गीत राजकुमार मगर ले छायांकन तथा सम्पादन गरेका हुन भने क्यामेरा सागर गौतम र मेकप मोहन लामाले गरेका थिए । मोडल तथा कलाकार एलिना रायमाझी , सुसान्त पछाइ ,अपेक्ष्या गुरुङ देख्न सकिन्छ । विशाल रायमाझीले आफ्नो युटुव च्यानल बाट सार्वजनिक गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै