
निरु आचार्य नवरश्मी , बुटवल ।
अनेरास्ववियु तिलाेत्तमा नगर कमिटी द्दारा नेपाल कम्युनिष्ट पार्टी (एमाले) तिलाेत्तमा नगर कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु लाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगर पार्टी कार्यलयमा भएको कार्यक्रम नगर कमिटी अध्यक्ष सराेज खनाल काे अध्यक्षता र नगर कमिटी सचीव सागर घिमिरेको संचालनमा भएको थियो ।
राष्ट्रिय सभाका सदस्य माननीय गाेपाल भट्टराई को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा प्रचार बिभाग प्रमुख माेहन चापागाइ , जिल्ला कमिटी सदस्यहरु क्रमशः दिनेश फुल्लेल देबि वाग्ले लगायतको उपस्थित रहेको थियो ।
नेकपा एमाले तिलोत्तमा नगर कमिटीको प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा तामानाथ पाण्डे , उपाध्यक्षमा नेत्रलाल बन सचीवमा मीन प्रसाद पोखरेल लगाय्त निर्वाचित भएका थिए ।
कार्यक्रम बोल्दै प्रमुख अतिथीले सङ्गठनले गरेका कार्यक्रमहरुको प्रशंसा गर्दै कमिटीलाई थप गतिशिल र मजबुत बनाउन आग्रह गर्नु भएको थियो । उक्त कार्यक्रममा मोहन चापागाईं , देवि वाग्ले र दिनेश फुल्लेलले समेत मन्तव्य राख्नु भएको थियो ।

नगर कमिटीले सवै वडामा अनेरास्ववियुको वडा कमिटी गठन गर्ने र आउदै गरेको दिपावलिको अवसरमा देउसी भैलो खेल्ने अनेरास्ववियु तिलोत्तमा नगर कमिटीका अध्यक्ष क. सरोज खनालले जानकारी दिए ।