१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

कविता ” मेरो देश “

Workplace

केशव घहा , पाल्पा ।

मेरो देश

मेरो देशमा आमा बेच्ने दलाल सत्तामा छ । त्यसैले यो देश मृत्य शैयामा छ ।।

मेरोदेशमा न्याय कसरी पाइन्छ र हजुर ।
अदालत स्वयं कठघरामा छ ।।

मेरोदेशमा तीन करोड जनताको देश आज। मुठ्ठी भर शोषकको पञ्जामा छ।।

मेरोदेशमा मञ्चमा देशभक्ती भाषण छाँट्यो । लाग्छ उ अझै कुर्चीको नशामा छ ।।

मेरोदेशमा उत्तरमा चीन दक्षिणमा भारत । भूपरिवेष्टित देश चेपुवामा छ ।।

मेरोदेश सीमाना मिचेर आधा खाई सक्यो । दुश्मनको नजर नदीनालामा छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै