” रवीन्द्र मिश्र ज्यु अब पनि वैकल्पिक राजनीतिलाई भद्दा मजाक नबनाउ “

Workplace

सागर बेल्बासे , काठमाडौं ।

Workplace

२०७४ साल साउन महिनाको ११ गते उज्ज्वल थापाले नेतृत्व गर्नु भएको दल विवेकशील नेपालि दल र रवीन्द्र मिश्रले नेतृत्व गर्नुभएको साझा पाटि बिच एकीकरण भयो। तर एकीकरण त भयाे के भयाे भयाे, १७ महिनामै विभाजन भयाे।कारण थियाे रवीन्द्र मिश्र ज्युले पाटि भित्र एकलौटी गर्दै विधि पद्धति मिचेपछि फुटेको थियाे।

पाटि विभाजनको २३ महिना ३३ दिन पछि पाटि एकिकरणलाई विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने नेपाली नागरिक सगँ क्षमायाचना गर्ने र एकीकृत पार्टीलाई बहुलवादमा आधारित कल्याणकारी लाेकतन्त्र, समन्वयात्मक बजार अर्थतन्त्र र सविधानकाे रक्षा गर्नेगरी अघि बढ्ने समहति सहित दोस्रोपटक २०७७ साल मङ्सिर २४ गते एकीकरण भयाे।

पाटिका हरेक गतिविधि अध्यक्ष र संयाेजककाे छलफल सहमतिमा मात्रै अघि बढ्ने भनेपनि रवीन्द्र मिश्र ज्युले, आग्रह पुर्वाग्रह राख्दै कार्यबिधि मिच्दै भएका सहमतिहरुकाे थिचोमिचो पार्दै, पाटि सदस्यीय बिच बिना छलफल, फाेकट्काे बेमौसमी बाजा बजाउँदै एकिकरणकाे मर्म अनुरुप मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ दस्तावेज ल्याउनु भयाे। त्यो दस्तावेज ल्याउनु नै गलत थियाे।

पछिल्लो केही दशक यता वैकल्पिक राजनितीका अभ्यासलाई स्थापित गर्न गराउन थुप्रै प्रयास असफल भएका थिए। तर त्यति थाहा हुदाहुदै पनि २०६९ सालतिर बाट उज्ज्वल थापा ज्युहरुले विवेकशील नेपाली नामक अभियान बाट सुरुआत गर्नु भाे उहाँहरुले गर्ने भएको सुरुवातले केही परिवर्तन त आयाे तर साेचे अनुरुप अघि बढ्न सकिएन। किनभने भने २०७४ सालमा रवीन्द्र मिश्र सगँ गरेको एकता पहिलाे भुल थियाे र २०७७ सालमा दोस्रोपटक गरेकाे एकता दोस्रो भुल थियाे। भन्ने अहिले लागेको छ।

रवीन्द्र मिश्र ज्यु एकाएक संविधान विरोधी हुनुभाे, उहाँ सत्ता हात पार्ने खेलमा लाग्नु भाे, तर कसरी उहाँको याेजना धर्मको र राजतन्त्रको पक्षमा देखिने देशमा व्यवस्था खारेजीकाे नाममा आन्दोलन चर्काउने धार्मिक दाेन्ध निम्ताउने हाे व्यवस्था ढलिहाल्याे भने सत्ता हात पार्ने खेलमा लाग्नुभाे तर सजिलाे छैन। उहाँ अहिले राजतन्त्रवादि हिन्दुवादिकाे केही हुल देखेर त्यतै जान लाग्नुभएको हाे तर उहाले साेचे जस्तो सजिलो छैन। जनताले बुझ्ने छन् याे सैह्य हुनैसक्दैन।

संविधान निमार्णकाे लागि संघियताकाेलागि धर्मनिरिपेक्षयताकाे लागि, लाखौंलाख जनता आफ्नो ज्यानको बेवास्ता गर्दै सडकमा थिए उहाँलाई के थाहा जनताको बलिदान कस्तो हुन्छ किनकि उहाँ एउटा प्रतिष्ठित समाचार संस्था विविसिमा काम गर्नु हुन्थ्यो। रवीन्द्र मिश्र ज्यु जनआन्दोलनकाे बिचबाट पछाडि फर्कने भन्ने हुदैन न अगाडि जाने भन्ने हुन्छ। बेलाबेलामा युवाहरूलाई फकाएर धाेका दिए जस्तो हैन याे गम्भीरकुरा हाे अब पनि रवीन्द्र मिश्र ज्यु वैकल्पिक राजनितीलाई भद्दा मजाक नबनाई राख्नुस् ।

रवीन्द्र मिश्र ज्युले विवेकशील साझा छाडिसक्नु भाे, विवेकशील साझा पाटिकाे गन्तव्य भनेको संविधान विरोधी, गणतन्त्र विरोधि,राजतन्त्रको पक्षमा वकालत गर्ने,पश्चगामि विचार भएको पाटि हैन। रवीन्द्र मिश्र ज्यु राजतन्त्रकाे पक्षमा उभिनु भाे, संविधान विरोधि हुनु भाे त्यसैले उहाँ विवेकशील साझा पाटिमा हुनुहुन्न। विवेकशील साझा पाटि भनेको नागरिकमुखि पाटि हाे, लाेकतान्त्रिक पाटि हाे, सुस्कृंत, वैकल्पिक पाटि हाे। संविधानकाे रक्षा गर्दै अघि बढ्ने पाटि हाे।

लेखक:विवेकशीलसाझा युवा संगठनका केन्द्रीय सचिवालय सदस्य हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै