
दिल्ली ।
भारत कर्नाटकका कन्नाडा अभिनेता पुनीत राजकुमारको ४६ वर्षको उमेरमा निधन भएको छ ।
बैंगलोरको अस्पतालले अभिनेता राजकुमारको शुक्रबार हृदयघाटका कारण निधन भएको जनाएको छ ।
कर्नाटकका मुख्यमन्त्री बसवराज बोमईले ट्विट गरेर अभिनेताको निधनप्रति शोक व्यक्त गरेका छन् । उनले लेखेका छन । – “कन्नाडा सिनेमाका चर्चित अभिनेता पुनीत राजकुमारको हृदयघाटका कारण निधन भएको खबरले मलाई स्तब्ध बनाएको छ ।दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु ”