नेकपा एकिकृत समाजबादी अर्घाखाँचीको बैठक सम्पन्न

Workplace

अराज बेल्वासे , अर्घाखाँची ।

Workplace

नेकपा एकिकृत समाजवादी अर्घाखाँचीको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले संगठन बिस्तारलाई तिव्रता दिने निर्णय गरेको छ । जिल्ला पाटी कार्यालय सन्धिखर्कमा सम्पन्न बैठकले जिल्ला कमिटीमा रित्त रहेको पदमा समेत नियुत्त गर्दै समितिलाई समेत पुर्णता दिएको प्रचार बिभाग प्रमुख नारायण शर्माले जानकारी दिनु भयो ।

जिल्ला अध्यक्ष राम बहादुर चोहानको अध्यक्षतामा बसेको बैठकले मंसिर पहिलो साता भित्रमा वडा पालिकामा कमिटी गठन गर्ने निर्णय गरेको छ । यस्तै जिल्ला उपाध्यक्षमा सुमित्रा मुखिया र सिद्धी भुसाल लाई मनोनित गरेको छ भने सचिव युवराज पौडेल सह सचिव ह्दय भुसाल र प्रवता नारायण शर्मा मनोनित गरेको छ । बैठकले प्रदेशको निर्देशन अनुसार जिल्ला प्रक्षिक्षण कार्यक्रम गर्ने भएको छ ।

प्रक्षिक्षण तथा संगठन बिस्तारको लागि कार्यबिभाजन गरिएको छ शितगंगामा पिताम्बर सारु, नारायण शर्मा लगायत सम्पुर्ण जिल्ला सदस्य रहने गरि जिम्मेवारी दिइएको छ ।सन्धिर्खक नगरपालिकामा पिताम्बर भुसाल ,सिद्धि भुसाल लगायत सम्पुर्ण जिल्ला सदस्य , भुमिकास्थान नगरपालिकामा पिताम्बर भुसाल ह्दय भुसाल लगायत सबै जिल्ला सदस्यपाणेनी गाँउपालिकामा लक्ष्मी गौतम युवराज पौडेल लगायत जिल्ला सदस्यहरु मालारानी गाँउपालिका रामबहादुर चौहान लगायत सबै जिल्ला सदस्य ,छत्रदेव गाँउपालिकामा पिताम्बर भुसाल लगायत सबै जिल्ला सदस्यहरुलाई कार्य बिभाजन गरि जिम्मेवारी प्रदान गरिएको छ ।

यस्तै जनवर्गिय संगठनको भेला कार्तिक मसान्त भित्र गर्ने पनि बैठकले निणर्य गरेको छ । बैठकमा सम्पुर्ण नगर तथा गाँउ कमिटी इञ्चार्जहरुले स्थानिय तहमा पाटीको अबस्था गतिबिधीको बारेमा रिर्पोटिङ गरेको प्रचार बिभाग प्रमुख नारायण शर्माले जानकारी दिनु भयो ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला इञ्चार्ज भुसालले एकीकृत समाजवादी अर्घाखाँचीमा जिल्लामा नमुना पार्टी हुने र बनाउन सम्पुर्ण पार्टीका नेताकार्यक्रतालाई निर्देशन दिनु भएको छ । केपि ओलिले संविधान मिच्न खोजेको भन्दै देशलाई दुर्घटना हुन बाट बचाउन पार्टी बाट बिद्रोह गरेर नया पार्टि एकीकृत समाजवादी बनाएको बताउदै पहिले पनि पार्टी हामिलेनै बनाएको र अहिले पनि हामिले नै पार्टीलाई नमुना बनाउने भुसालले बताउनु भयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एकीकृत समाजवादीका केन्द्रीय सदस्य पिताम्बर सारुले अब पार्टी निर्माणको कार्य युवाहरुको काधमा आएको भन्द्रै अब युवाले मात्र यो देशको मुहार फर्ने सक्ने बताउनु भएको छ ।

कायक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पिताम्बार भुसाल, अतिथिहरु केन्द्रिय सदस्य जिल्ला सह इञ्चार्ज पिताम्बर सारु, उपाध्यक्ष लक्ष्मी गौतम,प्रदेश सदस्य महेस पन्थी , सुनिता बेल्बासे लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम एकीकृत समाजवादी पार्टी अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता सचिब युबराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै