
काठमाडौं ।
विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूह नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने तयारीमा छन ।
बुधबार अध्यक्ष नेपाल र विवेकशील साझाका संयोजक पाण्डेको समूहबीच नेपाल निवास कोटेश्वरमा भेट क्रममा नेकपा (एस) अध्यक्ष नेपालले पार्टीमा आउन आग्रह गरेका हुन ।
विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्रसँग मतभेद देखिएपछि पाण्डे सँगै नेता केशव दाहाल, बागमती प्रदेशका सांसद रमेश पौडेल र नेता हरिश भट्टले अध्यक्ष नेपालसँग दुई घण्टा लामो छलफल गरेको बताइएको छ ।