राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रीय पूर्ण बैठक चितवनमा आयोजना हुने, तयारी पूरा

Workplace

चितवन ।

Workplace

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको यहिँ कार्तिक १२ र १३ गते चितवनमा आयोजना हुने केन्द्रीय पूर्ण बैठकको तयारी पूरा भएको छ ।

“केन्द्रीय समितिले चितवनमा पूर्ण बैठकको आयोजना गर्ने प्रस्ताव गरे संगै चितवन शाखा एक महिना अगाडि देखि तयारीमा जुटेको थियो र सो को तयारी आज पूरा भएको” शाखा अध्यक्ष अमिर रामदामले जानकारी दिएका छन् ।

आज बुधबार संघका केन्द्रीय उपाध्यक्ष बुद्धिबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको चितवन शाखाको बैठकले यहिँ कार्तिक १२ र १३ गते चितवनमा आयोजना हुने केन्द्रीय पूर्ण बैठकलाई पत्रकारिता र दलित आन्दोलनको ऐतिहासिक अवसरका रूपमा सफल बनाउने निर्णय गरेको छ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष विश्वकर्माले केन्द्रीय पूर्ण बैठक पर्यटकीय नगरी चितवनमा गर्ने निर्णय भएकाले यसलाई सफल बनाउन स्थानीय व्यवस्थापन समितिका सबै साथीहरूलाई सक्रिय रहन आग्रह गरे । उनले केन्द्रीय पूर्ण बैठक सफल बनाउन सबै संग सहयोगको अपिल गरे । बैठकमा देशभरबाट केन्द्रीय समितिका ५० भन्दा बढि दलित समुदायका पत्रकार तथा सञ्चारकर्मीहरू चितवनमा भेला हुने केन्द्रीय उपाध्यक्ष विश्वकर्माले जानकारी दिए ।

संघका चितवन शाखा अध्यक्ष अमिर रामदामको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय पूर्ण बैठक सफल बनाउन बिभिन्न समितिहरु चयन गरेको छ। शाखा अध्यक्ष रामदामको संयोजकत्वमा १५ सदस्यीय स्थानीय मूल व्यवस्थापन समिति चयन गरेको छ। बैठकले शाखा उपाध्यक्ष गोपाल विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय अतिथि समन्वय समिति, सचिव श्याम विश्वकर्माको संयोजकत्वमा आवास व्यवस्थापन समिति, कोषाध्यक्ष एलिना पोख्रेल प्रितिको संयोजकत्वमा तीन सदस्यीय अतिथि स्वागत तथा सत्कार समिति र कार्यसमिति सदस्य सन्तोष विश्वकर्माको संयोजकत्वमा सचिवालय तथा भोजन व्यवस्थापन समिति चयन गरेको छ। बैठकमा संघका बागमती प्रदेश सहसचिव सरोज उपरोकोटी र कार्यसमिति सदस्य अशोक परियारको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै