उपमेयरले दिइन सिडिओको टाउको फुटाउने धम्की

Workplace

धनगढी ।

Workplace

कैलालीको गौरीगंगा नगरपालिकाकी उपमेयर अञ्चला चौधरीले प्रमुख जिल्ला अधिकारी (सिडिओ)को पनि टाउको फुटाउन तयार रहेको बताएकी छन् । नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच विवाद बढेपछि उपमेयर चौधरीले यस्तो धम्की दिएकी हुन् ।

प्रहरीसँग कुराकानी गर्दै उपमेयर चौधरीले भनिन्, ‘भोलिका दिनमा यहाँ केही घटना परिघटना भए भने त्यसको जिम्मेवार सिडिओ हुनुपर्छ । हामी सिडिओको पनि टाउको फुटाउन तयार छौं । सिडिओले सहमतिका लागि वातावरण जुटाउनुपर्छ यहाँ ।’ उक्त विषयमा बुझ्दा उपमेयर चौधरीले पार्टी कार्यालयबारे विवाद बढ्दै गएको र विवादले कुनै घटना निम्त्याए त्यसको जिम्मा सिडिओले लिनुपर्छ मात्र भनेको बताइन् ।

तर उपमेयर चौधरीले ‘हामी सिडिओको पनि टाउको फुटाउन तयार छौं’ भन्दै आक्रोश व्यक्त गरेको भिडिओ अहिले सार्वजनिक भएको छ । जिल्लाको गौरीगंगा नगरपालिकामा रहेको पार्टी कार्यालयबारे विवाद भएपछि सोमबारदेखि नै तनाव भइरहेको छ । नेकपा (एकीकृत समाजवादी) ले एमाले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि त्यहाँ तनाव भएको प्रहरीले बताएको छ ।

नेकपा एमाले कैलालीका उपाध्यक्ष रणबहादुर चन्दले एमाले पार्टी कार्यालयमा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले तालाबन्दी गरेपछि विवाद सिर्जना भएको बताए । एकीकृत समाजवादी गौरीगंगाका अध्यक्ष विष्णु आचार्यले भने छलफल गरी पार्टी कार्यालयबारे टुंगो लगाउन ताला लगाएको तर एमाले कार्यकर्ताले खोलेपछि सामान्य झडप भएको बताए । आज पनि बिहानैदेखि विवाद भइरहेको छ । यो खबर सत्यपाटीका संमवाददाता कासीराम शर्माले बताएका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै