काङ्ग्रेसमा जनलहर देश ब्यापीछाएको छ : पुस्पा भुसाल

Workplace

सुर्य भुसाल , अर्घाखाँची ।

Workplace

नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य सचेतक पुस्पा भुसालले नेपाली काङ्ग्रेस को लोकप्रियता का कारण काङ्ग्रेस मा प्रबेस गर्नेको देशब्यापि जनलहर चलेको बताउनु भएको छ ।

पाणिनि गाउपालिका वार्ड नम्बर ४ ले शनिबार आयोजना गरेको पार्टि प्रबेस तथा स्वागत कार्यक्रम लाई सम्बोन गर्दै काङ्ग्रेस सचेचक भुसालले मुलुकमा काङ्ग्रेस प्रतिको लोकप्रियता दिन प्रतिदिन बढदै गएको बताउनु भएको हो ।
शनिबार आयोजित कार्यक्रममा एमाले नेकपा माओवादी परित्याग गरि १ सय ६४ जना नेपाली कांग्रेसमा प्रबेश गरेका नेता कार्यकर्ता हरुलाई काङ्ग्रेस पार्टीको सदस्यता प्रदान गरि नेतृ भुसाल सहितका काङ्ग्रेस नेताहरु ले पार्टिमा स्वागत गरेका हुन ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा पाणिनि गाउपालिका का अध्यक्ष अच्युत गाैतमकाे पहलमा पाणिनि गाउपालिका वार्ड नम्बर ३ खिदम लगाएत पाणिनिका विभिन्न वार्ड बाट काङ्ग्रेस प्रबेस गर्ने कार्यकर्ता हरुलाई दुर्गाफाटमा भएको एक समारोहमा नेपाली कांग्रेसमा स्वागत गरिएको काङ्ग्रेस नेता अच्युत गौतमले जानकारी दिनु भयो ।

कांग्रेसमा प्रबेश गरेका १ सय ६४ जनालाई कांग्रेसका केन्द्रीय सदस्य सचेतक पुस्पा भुसाल , जिल्ला सभापति विष्णुप्रसाद खनाल ( मुस्कान ) , पुर्ब जिल्ला सभापति तथा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले अविर , माला र कांग्रेसको सदस्यता प्रदान गरेर पाटी प्रबेश गराउनु भएको थियोे ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी जिल्ला सचिव विष्णुप्रसाद भुसाल जिल्ला सहसचिव ईन्सु मिया , महासमिति सदस्यकाङ्ग्रेस नेताहरु सुर्य प्रसाद अधिकारी , यादव प्रसाद घिमिरे , केशब श्रेष्ठ, महाधिवेशन प्रतिनिधि इन्द्रमणि पाैडेल, लेखनाथ पाेख्रेल, कृष्णप्रसाद खनाल , पाणिनि सभापति तुल्सी पाैडेल पाणिनिका पुर्व सभापति बिस्नु अर्याल काङ्ग्रेस का जिल्ला नेताहरु नेत्रप्रसाद भट्टराई बाबुराम पौडेल पिताम्बर खनाल माधब पौडेल हेमन्त बेल्बासे बिस्नु क्षेत्री सङगिता बेल्बासे चन्द्रा गैरे कमल पौडेल छमा कार्कि गनिमहमद मिया नुरमहमत मिया लगायत का नेताहरु अन्य नेपाली कांग्रेस जिल्ला कार्य समिति , महासमिति सदस्य , महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि , कांग्रेस भातृ तथा सुभेच्छुक सस्था प्रमुख, प्रतिनिधि लगायत सराेकारवालाकाे उपस्थिति रहेको काङ्ग्रेस नेताहरुको उपस्थिति रहेको काङ्ग्रेस पाणिनिका सभापति तुल्सि पौडेलले जानकारी दिनु भयो ।

कार्यक्रम कांग्रेस खिदिमका सभापति हरि बन्जाडेकाे सभापतितब र शेसकान्त पाेख्रेलकाे सञ्चालनमा सम्पन्न भएको हो पाणिनि गाउपालिका मा काङ्ग्रेस क्षेत्रीय सभापति अच्युत गौतमले बामपंथी को किल्ला दिनप्रतिदिन भत्काउदै गएका छन यश बर्ष मात्रै पाणिनिमा विभिन्न पार्टि परित्याग गरि काङ्ग्रेस मा सयौ जना प्रबेस गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै