नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन्धिखर्क अध्यक्ष भुसाल द्वारा शुभकामना व्यक्त

Workplace

अर्घाखाँची ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
सन्धिखर्क नगर कमिटी अध्यक्ष भुसाल द्वारा शुभकामना व्यक्त गर्नु भएको छ ।

” हार्दिक आभार तथा धन्यवाद !

नेपालको ईतिहासमै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आश्चर्यजनक रुपमा ३ दिन भित्र देशैभरका वडा र नगरका अधिवेशनहरु सर्वसम्मत रुपमा सम्पन्न गरि करिव २,५०,००० पार्टी कार्यकर्ताहरुलाई जिम्मेवारी प्रदान गर्दै पार्टीलाई कार्यकर्तामा आधारित मजबुत संगठनात्म आधार भएको कम्युनिष्ट पार्टीमा रुपान्तरण गरेको छ ।

पार्टी नगरकमिटीको अध्यक्ष र अधिवेशन आयोजक कमिटीको संयोजकको हैसियतमा संगठन निर्माण र रुपान्तरणको यस ऐतिहासिक परिघटनामा आफ्नो तहमा नेतृत्वदायी भुमिका निवाह गरि सफलता प्राप्त गर्न सकेकोमा गौरवको अनुभूति गरेको छु ।
सन्धिखर्क नगरपालिकाको हकमा यहि कार्तिक ६ गते अधिवेधन सम्पन्न गरी सम्पूर्ण वडाहरुमा सर्वसम्मत रुपमा नेतृत्व निर्माण गरि करिव २५० जना पार्टी कार्यकर्ताहरुलाई पार्टी सदस्यहरु र स्थानिय जनताहरुलाई गोलबन्द गर्ने अभिभारा सहित स्थानिय सरकारको आधारको रुपमा रहेको वडाको समानान्तर पार्टी कमिटीको कार्यकारी जिम्मेवारीमा स्थापित गरेको छ । यसले गर्दा पार्टी संगठनलाई जनताका आधारभुत आवस्यकता पूरा गर्दै विकास र सम्वृद्दिको दिशामा अघि बढ्न स्थानिय सरकार लाई परिचालन गर्ने, समन्वय तथा सहकार्य गर्ने र आवस्यकता अनुसार संघर्ष गर्ने जनमुखी शक्तिको रुपमा स्थापित गरेको छ ।

यसै गरि कार्तिक ९ गते सम्पन्न सन्धिखर्क नगरपालिकाको प्रथम नगर अधिवेशनले समग्र नगरको पार्टी कामको नेतृत्व गर्दै वडा कमिटीहरुलाई राजनैतिक नेतृत्व प्रदान गर्ने, नगारपालीकालाई जनताका आधारभुत आवस्यक्ता र विकास निर्माणका क्षेत्रमा निश्पक्ष, पारदर्शी र प्रभवकारी रुपमा काम गर्न दवाव सृजना गर्ने, आगामी स्थानिय र प्रदेश तथा संघको निर्वाचनमा पार्टीको पक्षमा जनलहर सृजना गरि अत्यधिक मत सहित जित सुनिश्चित गर्ने तथा पार्टीको जिल्ला कमिटी लगायतका उपल्ला कमिटीका नीति-निर्देशन र योजनाहरु रचनात्मक तवरले कार्यान्वयन गर्ने एवं नगरको समग्र विकासको ढाँचा तयार गरि स्थानिय निर्वाचनमा पार्टीले अघि सारेका उम्मेदवारहरुको बिजय पश्चात जनताको पक्षमा काम गर्न आधार तयार गर्ने जस्ता जिम्मेवारी सहित मेरो नेतृत्वमा उपाध्यक्ष कमरेड शिव अधिकारी, सचिव कमरेड कुशल भुसाल, उपसचिव द्वय कमरेड लक्ष्मण पराजुली र कमरेड रिता खड्का पदाधिकारी रहेको ७५ सदस्यीय कमिटी सर्वसम्मतिले चयन गरेको छ ।

यी चुनौतिहरुलाई सामना गर्न सक्ने पार्टी नेताहरुको नव-निर्वाचित टिमको नेतृत्व गर्ने अवसर प्रदान गर्ने सम्पूर्ण प्रतिनिधि कमरेडहरु प्रती आभार ब्यक्त गर्दछु र यहाँहरुको विश्वास र समर्थनलाई सदैव स्मरण गर्दै उक्त विश्वासलाई कहिलै टुट्न नदिने प्रतिवद्दता ब्यक्त गर्दछु ।
साथै अधिवेशनलाई भब्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने आयोजक कमिटीका सचिव लगायतका सदस्य कमरेडहरु, सचिवालयका कमरेडहरु, उप समितिहरुका संयोजक र सदस्य कमरेडहरु, वडा कमिटीका अध्यक्ष कमरेडहरु र वडा इन्चार्ज कमरेडहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

यसैगरी आयोजक कमिटीलाई अधिवेशन सम्पन्न गर्न राजनैतिक नेतृत्व गर्नुहुने सहजकर्ता द्वय पार्टी जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश कमिटी सचिवालय सदस्य कमरेड चेतनारायण आचार्य र पार्टी प्रदेश कमिटी सदस्य कमरेड के बि भुसाल, अधिवेशन सर्वसम्मतिका साथ सफलल बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने नगर इन्चार्ज कमरेड युवराज श्रेष्ठ, नगर सह-इन्चार्ज द्वय कमरेड शम्भु प्रसाद पोखरेल र कमरेड राम बहादुर रायमाझी, अध्यक्ष मण्डलका सदस्य कमरेडहरु कमरेड कृष्ण श्रेष्ठ र कमरेड भोज बहादुर गन्धर्व, निर्वाचन मण्डलका संयोजक कमरेड ध्रुव के सि, सदस्य द्वय कमरेड राम बहादुर रायमाझी र सीता श्रेष्ठ, माईन्युट कमिटीका सदस्य द्वय कमरेड खुबिराम आचार्य र कमरेड सीता बन्जाडे भुसाल लाई विशेष धन्यवाद ज्ञापन गर्दछु ।

अन्त्यमा, देशैभरीका नगर अधिवेशनहरुको एकसाथ उदधाटन गर्दै उदघाटन मन्तब्य मार्फत दिशानिर्देश गरिदिनुभएकोमा पार्टी केन्द्रीय कमिटी अध्यक्ष कमरेड केपी शर्मा वली र विशेष गरि सन्धिखर्क नगरपालिकाको ऐतिहासिक प्रथम अधिवेशनमा प्रमुख अतिथिको रुपमा उपस्थित भई शुभकामना का साथै महत्वपूर्ण सम्बोधन गरिदिनुहुने पार्टी स्थायी कमिटी सदस्य तथा पुर्व उपप्रधानमन्त्री कमरेड टोप बहादुर रायमाझी लगायत सम्पूर्ण अतिथी कमरेडहरु प्रती आभार ब्यक्त गर्दछु ।

हार्दिक अभिवादन सहित,

श्रीकृष्ण भुसाल
अध्यक्ष
तथा सम्पूर्ण नवनिर्वाचित पधाधिकारी तथा सदस्यहरु
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
सन्धिखर्क नगर कमिटी
१० कार्तिक, २०७८ “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै