नेकपा (एमाले) पालिका अधिवेशन अन्तर्गत अर्घाखाँचीका ४ स्थानीय तहमा कमिटी सम्पन्न

Workplace

एमाले सँग एक्लै भिड्ने सामर्थ्य कुनै दलमा छैन : टोपबहादुर रायमाझी

शोभाखर पन्थी , अर्घाखाँची ।
नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले निर्वाचनमा नेकपा एमाले सँग एक्लै भिड्न सक्ने सामर्थ्य कुनै दलमा नभएको बताउनुभएको छ ।
नेकपा एमाले सन्धिखर्क नगरकमिटीको पहिलो अधिवेशनलाई आज सन्धिखर्कमा सम्बोधन गर्दै उहाँले नेकपा एमाले प्रति जनताले देखाएको अपार माया ,बलियो संगठन र अनुशाशित कार्यकर्ता त्यसको प्रमाण भएको दावी गर्नुभयो ।

आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलाएर प्रचण्ड ,माधव समुह कांग्रेसको शरणमा गएको भन्दै उहाँले परमादेश बाट निर्मित देउवा नेतृत्वको सरकारले देश र जनताको पक्षमा कुनै काम गर्न नसक्ने जिकिर गर्नुभयो । नेता रायमाझीले वर्तमान सरकार स्वार्थ समुहको झुन्ड भएको आरोप समेत लगाउनुभयो । हालै सम्पन्न ऐतिहासिक बिधान अधिवेशनले पार्टीमा गति पैदा गरेको भन्दै वडा र पालिका तहका अधिवेशन सम्पन्न गरिसक्दा नेकपा एमालेमा देखिएको अजय शक्तिलाई रोक्न सक्ने सामर्थ्य कुनै दलमा नभएको उहाँको दाबी थियो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा सबैदल मिलेर चुनाव लडें पनि नेकपा एमालेलाई जित्न नसक्ने भन्दै उच्च मनोबलका साथ जनता बीच जान कार्यकर्तालाई निर्देशन दिनुभयो । लुम्बिनी प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री आचार्यले वैदेशिक शक्ति केन्द्रको ईसारामा निर्मित परमादेश वाला सरकार मुलुकको लागि बोझ भएको भन्दै मुलुकमा निर्वाचनको बिकल्प नभएको जिकिर गर्नुभयो । उहाँले आगामी निर्वाचनमा नेकपा एमाले एक्लैले स्पष्ट बहुमत ल्याउने देखेपछि प्रतिक्रियावादी दलालको मोर्चामा छट्पटी सुरुभएको दावी गर्नुभयो । नेकपा एमालेका कारण अर्घाखाँची जिल्लाले मुहार फेरेको भन्दै उहाँले निस्वार्थ भावले बिकास निर्माण र जनसेवामा जुटीरहेको बताउनुभयो ।

नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता र सचिव शिव अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य केवी भुसाल ,एमाले सन्धिखर्क नगरकमिटीका ईन्चार्ज युवराज श्रेष्ठ ,नगर कमिटीका कार्यालय सदस्य विष्णु परियार लगायतका वक्ताहरूले मन्तव्य राख्दै अर्घाखाँचीमा नेकपा एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।
अधिबेशनको बन्द-शत्र अहिले चलिरहेको छ । कार्यक्रममा ठुलो संख्यामा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

नेकपा एमाले पालिका अधिवेशन अन्तर्गत अर्घाखाँचीका ४ स्थानीय तहमा कमिटी टुंगियाे छ ।

सन्धिखर्क नगरपालिका
अध्यक्ष : श्रीकृष्ण भुसाल
उपाध्यक्ष : शिव अधिकारी
सचिव : कुशल भुसाल
उपसचिव : रिता के.सी.
उपसचिव : लक्ष्मण पराजुली

भुमिकास्थान नगरपालिका
अध्यक्ष : मणिराम पाैडेल
उपाध्यक्ष : चिरञ्जीवी खनाल
सचिव : टामलाल भट्टराई
उपसचिव : ज्ञानु सारू
उपसचिव : झुपलाल खनाल

शितगंगा नगरपालिका
अध्यक्ष : वसन्त श्रेष्ठ
उपाध्यक्ष : सञ्जय राना
सचिव : ऋषि घिमिरे
उपसचिव : शिवकला बि.क.

पाणिनी गाउँपालिका
अध्यक्ष : कमल प्रसाद घिमिरे
उपाध्यक्ष : जीवलाल घिमिरे
सचिव : गुनाखर अधिकारी
उपसचिव : सुनिता भट्टराई
उपसचिव : ओमप्रकाश पाेख्रेल

रात्रि ९:३० बजे सम्म मालारानी र छत्रदेव नसकिएकाे कार्यालय सचिव लिल ब. बिकले जानकारी दिनु भयो ।

रात्रि ११ बजे अधिवेशन सम्पन भएको छ । छत्रदेव गाउँपालिका
अध्यक्ष : रामजी प्रसाद पाण्डे
उपाध्यक्ष : रूपा प्रधान
सचिव : तेज प्रसाद खनाल
उपसचिव : घनश्याम पाण्डे
उपसचिव : नर बहादुर आले

मालारानी गाउँपालिका
अध्यक्ष : शालिकराम आचार्य
उपाध्यक्ष : विष्णु प्रसाद मिश्र
सचिव : नारायण प्रसाद अर्याल
उपसचिव : दिपा पाेख्रेल
उपसचिव : बिष्णु प्रसाद पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व

0

अर्घाखाँचीमा ८९ हजार ५ सय ३१ मत खस्यो

0
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै