२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

पाणिनीको मालिकादेवी मन्दिरमा भोली पूर्णिमाको दिन सरायँ नाँच हुने

Workplace

हरिप्रसाद भुसाल ,अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ७ अड्गुरीको गुराँसधारामा रहेको मालिकादेवी मन्दिरमा भोली पूर्णिमाको दिन सरायँ नाँच आयोजना गरिने भएको छ ।

बैदिक विधीपूर्व पूजाआजा गरी स्वासथ्य मापदण्ड पूरा गरी सरायँ नाच संचालन गर्ने र मेला भने नलाग्ने मन्दिर संचालक समितिका अध्यक्ष कृष्ण बहादुर घर्तीले जानकारी दिनुभयो ।

“यो वर्ष मेला लाग्दैन” अध्यक्ष घिर्तीले भने “तर बैदिक विधीपूर्वक पूजा आजा गरी सरायँ नाच भने संचालन गर्ने निर्णय भएको छ ।

सरायँमा सहभागी हुनेहरुले स्वास्थ्य मापदण्ड पुरा गर्नुका साथै मास्कको प्रयोग भने अनिवार्य गर्नुपर्ने बताइएको छ । सरायँ नाच भएपनि व्यापार राख्न भने नदिने निर्णय भएको त्यहाँबाट अविजित पन्थीले जानकारी दिनुभएको छ ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वाड नं ७ गुराँसधारामा रहेको प्रसिद्ध मालिकादेवी मन्दिरमा यसवर्ष स्वास्थ्य मापदण्डको पालना गरि विधि पूर्वक पूजा गरिने र पूर्णिमाको दिनमा निकालिने सराय नाच पनि हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै