चर्चामा रहेकी विमला ओली राज्यमन्त्री

Workplace

बुटवल ।

लुम्बिनी प्रदेशले मन्त्रिपरिषद् विस्तार गरेको छ।
पछिल्लो समय पटकपटक विवादमा मुछिएकि विमलाकुमारी खत्री ओली राज्य मन्त्री बनेकि छ्न ।

लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई बन्दक बनाएर एमालेमा रहेको विज्ञप्ति निकाल्न लगाएको चर्चा र सामाजिक संजालमा उहाँको एक माओवादी कार्यकर्तासँग जोडिएको फोटो पनि सार्वजनिक भयो निकै चर्चा बन्यो । तत्कालीन सूर्य चिन्हबाट विजयी विमला एमालेकै कोटाबाट सांसद बनेकी थिन ।

दाङमा निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्यमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विमलाले उनका निकटम प्रतिद्धन्दी नेपाली काँग्रेसका केशव लाई पछाडि पार्दै २४ हजार २८६ मतसहित जीत हासिल गरेकी थिन ।

लुम्बिनीमा सत्तारुढ दल माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ मन्त्री, २ राज्यन्त्री, नेपाली कांग्रेसबाट ४ मन्त्री, २ राज्यमन्त्री, जनता समाजवादीबाट ३ मन्त्री, नेकपा एकीकृत समाजवादीबाट १ मन्त्री र १ जना स्वतन्त्र सांसद मन्त्री बनेका छन्। मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै