२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

सन्धिखर्कका अति विपन्न ५० घर परिवारलाई फ्रिन्जीक लाइज्ट द्वारा राहत

Workplace

नवीन रसाइली ,अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. १ र २ का अति विपन्न ५० घर परिवारलाई फ्रिन्जीक लाइज्टद्वारा राहत वितरण गरिएको छ ।

चाडपर्व नजिकिदै गर्दा अर्घाखाँचीका गरिव विपन्न घर परिवारको चुलोमा पनि आगो बोलोस् , उहाँहरुले पनि चार्ड पर्व मनाउन सकुन्, भन्ने हेतुले राहत वितरण गरिएको हो । ५० घरधुरीलाई चामल, नुन, स्वाबीन, दाल लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

राहत वितरणका क्रममा फ्रिन्जीक लाइज्टका प्रतिनिधि छिरिङ शेर्पाले भन्नुभयो ‘यस संस्थाका संचालक हुनुहुन्छ ‘Frizzey Graif र Christin उहाँहरु ८०/८५ वर्षका वृद्वा बाजे/बजै हुनुहुन्छ । यस संस्थाले स.न २०१५ (भुकम्प गए पश्चात्) देखि देशका विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । अहिले महामारीको बेलामा निकै गाह्रो परेका घर परिवारलाई बेला यस संस्थाले सहयोग गर्दै आइरहेको छ । प्रत्येक जिल्लामा ५० घरधुरीलाई राहत वितरण गर्दै आइरहेको छ । फ्रिन्जीक लाइज्ट संस्थाले अति विपन्न गरीब, मजदुर, अपांगता भएका मानिसलाई सहयोग गर्दै आइरहेको छ’ उहाँ भन्नुभयो । यस्तै उहाँले विजया दशमी तथा शुभ दिपावलीको शुभकामना समेत व्यक्त गर्नुभयो ।

राहत वितरण गर्दै फ्रिन्जीक लाईज्टका नेपाल प्रतिनिधि डा. सुवेक्षा श्रेष्ठले भन्नुभयो ‘फ्रिन्जीक लाइज्ट एक अस्ट्रेलियन संस्था हो । यो गैर नाफा मुलक संस्था हो । यश संस्थाले अति विपन्न घर परिवारलाई राहत वितरण गर्ने गर्छ । यश संस्थाले हालसम्म नेपालका २२ जिल्लामा राहत वितरण गरेको छ । फ्रिन्जीक लाइज्ट अस्ट्रिया गैर नाफा मुलक संस्थाले नेपाल मात्र नभई अन्य देशमा समेत सहयोग गरेको छ ।’ उहाँले बताउनुभयो । यस्तै डा. श्रेष्ठले सुर्खेतको फेस्टुला सेन्टर अस्पतालमा काम गर्ने बताउनुभयो ।

यस्तै सन्धिखर्क नगरपालिका वार्ड नं. १ का वार्ड अध्यक्ष युवराज बञ्जाडे, वार्ड नं. २ का वार्ड अध्यक्ष मतिजंग रायमाझी, विष्णु परियार लगायतले फ्रिन्जीक लाइज्ट गैर नाफा मुलक संस्थालाई धन्यवाद तथा शुभकामना दिनुभएको छ । उहाँहरुले सञ्चालक बाजे/बजैलाई पनि धन्यवाद तथा शुभकामना दिनुभएको हो ।

राहत वितरण कार्यक्रममा फ्रिन्जीक लाइज्टका नेपाल प्रतिनिधि छिरिङ शेर्पा, डा सुवेक्षा श्रेष्ठ, कमल मल्ल, सन्धिखर्क नगरपालिका वार्ड नं. १ का वार्ड अध्यक्ष युवराज बञ्जाडे, वार्ड नं. २ का अध्यक्ष मतिजङ्ग रायमाझी, विष्णु परियार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम सन्धिखर्क नगरपालिका वार्ड नं. वार्ड अध्यक्ष युवराज बञ्जाडेको अध्यक्ष र लक्षमण पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै