
बुटवल ।
राजमो निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)को २२ औँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय सम्मेलनले अध्यक्षमा देवेन्द्र कुँवर लाई चयन गरेको हो ।
बुटवलमा जारी २२ औँ राष्ट्रिय सम्मेलनले कुँवरको नेतृत्वमा ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो।
समितिको उपाध्यक्षमा गणेश अधिकारी र नविन पाण्डे तथा महासचिव सुवाश जिसी निर्वाचित भएका हुन ।