गुल्मीमा सराय नाँच प्रतिबन्ध

Workplace

अनिल खत्री, गुल्मी।

गुल्मी जिल्लामा सराय नाँचमा प्रतिबन्ध लगाइने भएको छ। जिल्लामा दशैंको टिकाको दिनदेखि पुर्णिमाको दिनसम्म सराय नाच देखाउने गरिन्छ। बिहिवार जिल्ला को’भिड-१९ व्यवस्थापन समितिको बैठकले जारी निषे’धाज्ञालाई कायमै राख्दै दशैंको अवसरमा गरिने सराय नाचलाई पनि गर्न नहुने सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताए।

तरवा’र नचाएर एक आपसमा खुसी साटासाट गर्ने सराय नाच गुल्मी जिल्ला लगायत आसपासका क्षेत्रहरुमा मान्ने प्रचलन रहि आएको छ। प्रशासनले सूचना जारी गर्दै यस अघि जारी गरिएको नि’षेधाज्ञालाई कायमै गर्दै सराय नाच गर्न नपाईने थप गरेको हो। गुल्मी जिल्लाका अर्जै, अम्मरपुर, इस्मा मैदान, धुर्कोट, उजुङ्गकोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा, चन्द्रकोट लगायतका स्थान मुख्य गरि सराय नाच हुने स्थान हुन्।

पञ्चेबाजा सहित मन्दिरमा चढाएका खु’कुरी र खुँ’डा नचाई एकआपसमा जोडिएर सराय नाच खेलिने गरिन्छ। सराय नाच दशैंका बेला पश्चिम नेपालका मेहि भागमा गरिने पुरानो सँस्कृति सहित मनोरञ्जनात्मक नाच हो।

जिल्लामा को’रोना सं’क्रमणको जो’खिम कायमै रहेको छ। हाल जिल्लामा दोस्रो लहरको को’रोना संक्र’मणका कारण ९७ जनाको मृ-त्यु भएको छ। अहिले जिल्लामा ४५९ जना सक्रिय संक्र’मित रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै