
अराज बेल्वासे , अर्घाखाँची ।
शितगंगा नगरपालिकाको मुख्यबजार दह र अमराई मा बजार अनुगमन गरिएको छ । चाँड पर्व नजिकिए सँगै बजारमा मुल्य वृद्धि कालोबजारी गुण्स्तरहिन खाद्य सामाग्री बिक्री हुने सम्भावना लाई मध्यनगर गदै शितगंगा नगरपालिकाको मुख्यबजारमा चेक जाँच गरिएको हो । अनुगमनको क्रम सञ्चालन भएका पसलहरु नगरपालिका मा दर्ता भएर नबिकरण गर्न छुटेकाहरु धेरै भेटिएको बजार अनुगमन समितिका संयोगक नागेन्द्र नेपालले जानकारी दिनु भयो ।
मंगलबार २१ वटा पसलमा अनुगमन गरिएको थियो अनुगमनमा केही पसलहरुमा तौल मा समेत ठगि गरेको पाएको छ । एक केजीमा ६० ग्राम सम्म कम तौल को ढक प्रयोग गरेको पाइए पछि अनुगमन टोलीले कारवाहीगर्दै कमी भएका ढक प्रयोगमा रोक लगाएको छ । अनुगमनका क्रममा लेबल, गुणस्तर, उत्पादन मिति, समाप्ति मिति, मूल्यसूची, पसल सञ्चालनको अनुमति, नवीकरण भएनभएको विषयमा अनुगमन गरिएको हो । अनुगमन काक्रममा फेला परेका कमसल सामग्री म्यादगुज्रेका सामाग्रीलाई जफथ गरी नष्ट गरिएको थियो ।
अनुगमन मा शितगंगा नगरपालिका का कर्मचारी, इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक सन्दिप बेल्बासे । शितगंगा स्वास्थशाखाका कृष्ण प्रसाद पौडेल उद्योग बाणिज्य संघका प्रतिनिधीपत्रकार लगाएतको उपस्थिती रहेको थियो । अर्घाखाँचीका ६ वटा स्थानिय तह मध्ये २ वटा स्थानियतहले मात्रबजार अनुगमन लाई निरन्तरता दिएका छन मालारानी गाँउपालिकाले समेत चाँडपर्व लक्षित बजार अनुगमनलाई प्राथमिकता दिएको छ भने अन्य स्थानियतहमा अहिले सम्म बजार अनुगमन हुन सकेको छैन ।