
९ असोज, अर्घाखाँची । कम्प्युटर एसोसियसन नेपाल (क्यान) अर्घाखाँचीको दोस्रो जिल्ला अधिबेशन जुम भर्चुअल मध्ययमवाट सम्पन्न भएको भएको छ ।
कार्यक्रममा कम्प्युटर एसोसियसन नेपाल लुम्विनी प्रदेशका उपाध्यक्ष नारायण खनाल, केन्द्रिय सदस्य नारायण श्रेष्ठ र केन्द्रिय सचिव भुपालदास श्रेष्ठले जिल्ला अधिबेसन सभ्य र भव्य रुपमा सम्पनताको शुभकानाम व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कम्प्युटर एसोसियसन नेपाल, अर्घाखाँचीका अध्यक्ष दिपक नेपालीले संस्थागत र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कम्प्य्टर एसोसियसन नेपालका केन्द्रिय सचिव भुपालदास श्रेष्ठको प्रमुख अतिथ्यता, केन्द्रिय सदस्य नारायण श्रेष्ठ, लुम्विनी प्रदेशका उपाध्यक्ष भोजराज तिमिल्सीना, सचिव नारायण खनालको विशेष आथित्यता र अर्घाखाँचीका कम्प्युटर एसोसियसन नेपालसंघ आवद्ध रहनुभएका व्यवसायीक साथीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम कम्प्युटर एसोसियसन नेपाल, अर्घाखाँचीका अध्यक्ष दिपक नेपालीको अध्यक्षता, उपाध्यक्ष विनोद गैरेको स्वागत मन्तव्य तथा सचिव प्रकास भुसालको संचालनमा सम्पन्न भएको थियो ।