कांग्रेस भुमिकास्थानको सभापतिमा बेल्वासे विजयी

Workplace

९ असोज, अर्घाखाँची । नेपाली कांग्रेस को १४ महाधिवेशन अन्तर्गत आज भएको गाउँ/नगर अधिवेशनमा अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाबाट सभापतिमा खडानन्द बेल्वासे विजयी भएका छन् । उनले १०३ मत ल्याएका थिए ।

बेल्वासे भुमिकास्थान नगरपालिका उपप्रमुख रहेका छन् । उनले निवर्तमान सभापति खिमकुमार श्रेष्ठ (अशोक) लाई समेत पराजित गरेका छन् ।

निवर्तमान सभापति अशोकले ७६ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै