क्यान महासंघ रुपन्देही को २० औं साधारणसभा सम्पन्न

Workplace

९ असोज, बुटवल । कम्प्युटर एसोसिएसन नेपाल महासंघ जिल्ला शाखा रुपन्देही (क्यान) को २० औं वार्षिक साधारणसभा शनिबार एक कार्यक्रम बिच सम्पन्न भएको छ । सूचना प्रविधिको विकास एवं प्रर्वद्धनका लागी स्थापना भएको क्यानले स्थापना कालदेखि निरन्तर रुपमा आफ्नो कार्यलाई अघि बढाउँदै सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिको जानकारी गराउने कार्य गर्दैं आइरहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति कम्प्युटर एसोसिएसन नेपाल महासंघ केन्द्रीय सदस्य नारायण प्रसाद श्रेष्ठले सूचना प्रविधि क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य अनुरुप रुपन्देही लाई ससक्त रुपमा अघि बढन सुझाब दिए । कार्यक्रममा क्यान महासंघ लुम्बिनी प्रदेशका सचिव नारायण खनाल, लुम्बिनी प्रदेश सदस्य रेश्मीराज घिमिरे ,जिल्ला शाखा पूर्व अध्यक्ष लोकरी पाण्डे लगायतले बोलेका थिए । कार्यक्रममा क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले वार्षिक प्रतिवेदन र भावी योजना प्रस्तुत गर्दै रुपन्देहीका दुई स्थानीय तह बुटवल उपमहानगरपालीका र तिलोत्तमा नगरपालीका सघं को कार्यालय को लागी जग्गा पहल भइरहेको र बुटवल उपमहानगरपालीका संग मिलेर सडक डिभाइडर तारबार सहित बृक्षारोपण गरिने रुपन्देहीका सम्पूर्ण आइटि ब्यवसायी र कर्मचारीलाई लक्षित गरी ब्याट तथा इनकम टक्स सम्बन्धि कार्यक्रम गरिने । डिजिटल रुपन्देहीको अवधारणा ल्याउन तथा सूचना तथा संचार प्रविधिको विकासमा क्यानको महत्वूर्ण भूमिकालाई अझ सक्रिय बनाउने बताए ।

त्यस्तै अधिवेशनमा कोषाध्यक्ष सुभास घिमिरेले बार्षिक आर्थिक प्रतिवेदन तथा लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए कोषाध्यक्ष र अध्यक्षको प्रतिबेदन सर्बसम्मतले पारीत भएको थियो । सहसचिव सुरेश चन्द भट्टराइले कार्यक्रम संचालन गरेका थिए भने सदस्यको तर्फबाट बुद्धि पराजुलिले अफ्नो भनाइन पस्तुत गरेका थिए । सि एस आइटि का निवर्तमान अध्यक्ष नारायण अधिकारीले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै