
कठै! निर्दोष जेल मा छ दोषी फरार मा छ।
कता बाट खान पाइन्छ भन्दै दोधार मा छ।
किन डराउँछौ? तिमी हे राष्ट् सेवकहरु हो।
हतकडी लागाइदेऊ ऊ भ्रष्टचार मा छ।
हेर्न बाकी नै छ। नतिजा कस्तो आउने हो।
विरोध गर्ने जो थियो उही सरकारमा छ।
चोखो कोही छैन यहाँ देख्नु भएकै होला।
कोही नभएको जात्रा सिंहदरबार मा छ।
पदम आचार्य
भुमिकास्थान १० अर्घाखाँची हाल :यु ए ई