
७ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको १८ सदस्यीय पदाधिकारी बनाएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले महासचिवसँगै ७ उपाध्यक्ष, तीन उमहासचिव र चार सचिवको टुंगो लगाएको छ ।
उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई रहेका छन् । वेदुराम भुसाल महासचिव बनेका छन् भने प्रकाश ज्वाला, गंगलाल तुलाधर र विजय पौडेल उपमहासचिव भएका छन् ।
यस्तै नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्र राई र रामकुमारी झाँक्री सचिव चयन भएका छन् ।