
७ असोज, नवीन रसाइली काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महासचिव अर्घाखाँचीका डा.बेदुराम भुसाल चयन भएका छन् ।
भुसाल अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका १० मा वि. स २०१० सालमा जन्मिएका हुन । उनी यस अघि नेकपाका स्थायी कमिटी सदस्य रहेका थिए । उनी माक्सवादी दर्शनका व्याख्याता तथा लेखकका रुपमा राष्ट्रिय अन्तर्राष्ट्रियमा चित परिचित व्यक्ति हुन । नेकपा (एस) का संसदीय दलका नेता समेत रहेका डा. भुसाल बौद्धिक नेताका रुपमा चर्चामा रहेका व्यक्ति हुन ।
एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ । केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहेका छन् ।