२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

कांग्रेसको अझै १३ जिल्लामा वडा अधिवेशन गर्न बाकी, महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने

Workplace

नेपाली कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा फेरि संशोधन गर्ने सहमति गरेको हो ।

सहमतिअनुसार अब १३ जिल्लाको वडा अधिवेशन ९ असोजपछि हुनेछ । ती जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद टुंगाएरमात्रै वडा अधिवेशन गर्ने सहमति जुटेको छ । त्यस्तै, १३ जिल्लामा पालिका तह अधिवेशन पनि दसैंअघि मात्रै हुने छन् । तर, वडा अधिवेशन सम्पन्न भइसकेका ६४ जिल्लामा भने ९ असोजमै पालिका अधिवेशन हुनेछ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ जिल्लामा बाहेक वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा ९ असोजमा नै पालिका अधिवेशन गर्ने र बाँकी १३ जिल्लामा दसैंअघि पालिका तहका अधिवेशन सम्पन्न गर्ने सहमति भएको जानकारी दिए । कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले दसैंअघि ७७ जिल्लामा नै पालिका अधिवेशन गर्ने सहमति भएको बताए ।

उनका अनुसार त्यसपछिका घोषित कार्यतालिका भने परिमार्जन हुने जनाइएको छ । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले भने समितिले वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा मात्रै अधिवेशन मिति सार्न सुझाएको जानकारी दिए । उनले वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा भने बाँकी तहका अधिवेशन गर्न निर्वाचन समिति तयार रहेको जानकारी दिएका छन् ।

यसअघि, पछिल्लो पटक गत ५ असोजका लागि वडा अधिवेशन हुन बाँकी २० जिल्लामा मिति तोकिएको थियो । तर, यसबीच ७ जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक भएपछि ती जिल्लामा भने अधिवेशन भएको छ । बाँकी १३ जिल्लामा भने वडा अधिवेशन बाँकी छ । ती जिल्लाका क्रियाशील सदस्यता नामावली अझै सार्वजनिक गरिएको छैन ।आजको राजधानी दैनिकमा यो समाचार छ । आजको राजधानी दैनिकमा यो समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै