‘भदाैरे झरी’ ले लियाे १५ जनाकाे ज्यान

Workplace

काठमाण्डाै – देशका विभिन्न जिल्लामा भदौ १० पछि आएको भारी वर्षा (भदौरे झरी) मा १५ जनाले ज्यान गुमाएका छन् । 

Workplace

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले भदौ १० पछिको चार दिनमा बाढी–पहिराेमा परेर उनीहरूको ज्यान गएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यस अवधिमा तीन जना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका छन् । क्षतिको विवरण सङ्कलनको क्रम भने जारी छ । बन्द भएका कतिपय राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

प्राधिकरणले दिएको जानकारीअनुसार गएको जेठ ३१ पछि अहिलेसम्म मनसुनजन्य घटनामा परेर एक सय जनाले ज्यान गुमाएका छन् । यस अवधिमा ४४ व्यक्ति बेपत्ता भएका छन् भने एक सय नाै जना घाइते भएका छन् । मनसुनजन्य विपदमा परेर ३७ सरकारी कार्यालय, १६ सामुदायिक भवन र विद्यालय, २५ जलविद्युत् आयोजना, ३० मोटरेबल पुल र ३० झोलुङ्गे पुलमा क्षति पुगेको छ । 

दर्जनौँ राजमार्गमा क्षति पुगेकाले कतिपय अझै खुल्न सकेको छैन । अहिले पनि खुलाउने प्रयास भइरहेकाे गृह मन्त्रालयले जनाएको छ । यस अवधिमा ६ हजार एक सय ८१ जनालाई स्थानान्तरण गरेर सुरक्षित ठाउँमा सारिएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । पछिल्लो चार दिनमा मात्रै झन्डै एक हजार व्यक्तिलाई स्थानान्तरण गरिएको छ । झन्डै पाँच हजार घर डुबानमा परेकामध्ये १० प्रतिशतमा क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण अझै आइसकेको छैन ।

मन्त्रालयका अनुसार बेपत्ताको खोजी, आवश्यक राहत तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा अघि बढाइएको छ । यस्तै पुनर्स्थापना र पुनर्निर्माणका कार्यक्रमसमेत सँगसँगै लगिएको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (50%)
तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुपन्देहीमा एकैपटक चम्ल्याहा शिशु

0

पहाडी जिल्लामा १० दिन देखि औषधिको अभाव

0
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै