अर्घा–भगवती विमानस्थल : पहिलाे चरणकाे काम सकिएकाे झन्डै एक वर्षपछि दाेस्राे चरणकाे काम सुरु

Workplace

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १० शिखरबार्नीमा बनिरहेकाे अर्घा भगवती विमानस्थलको दोस्रो चरणको काम सुरु भएको छ । पहिलो चरणको विमानस्थल निर्माणको काम सकिएको झन्डै एक वर्षपछि दोस्रो चरणको निर्माणको काम आज (सोमवार) देखि सुरु भएकाे छ । सन्धिखर्क १० का वडाध्यक्ष लक्ष्मीनारायण चुँदालीसहित वडाका सरोकारवालाको उपस्थितिमा काम सुरु गर्न थालिएको हो । 

Workplace

दोस्रो चरणको निर्माण कार्यका लागि प्रदीप प्रतिभा खनाल ब्रदर्श जेभीले तीन करोड ५६ लाख रुपैयाँमा ठेक्का पाएको छ । जसअन्तर्गत एक लाख ८० हजार घन मिटर माटो कटि‌ङ, एक लाख ७६ हजार घन मिटर माटो बोक्ने, ३९ सय घन मिटर फिलिङ र १८ सय घन मिटर ग्याबिन जालीको काम रहेको निर्माण व्यवसायी कविराम खनालले बताउनुभयो । 

काम गर्नका लागि नागरिक उड्डयन प्राधिकरणसँग एक वर्षको सम्झौता भए पनि तोकिएको मितिभन्दा अघि नै आउँदो माघ १ गतेसम्म काम सम्पन्न गर्ने निर्माण व्यवसायी खनालले जानकारी दिनुभयो । स्थानीयवासी वृद्ध नागरिक देवकीनन्दन भुसालले वैदिक विधिपूर्वक पूजाआजा गरेपछि विमानस्थलको दोस्रो चरणको कामकाे शुभारम्भ गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (38%)
  • दुःखी (6%)
  • अचम्मित (13%)
  • हाँस्यास्पद (6%)
  • आक्रोशित (38%)
तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै