मलामी गएर फर्किँदै गरेका वृद्धको भिरबाट लडेर ज्यान गयो

Workplace

पाँचथर – मलामीबाट घर फर्कने क्रममा भिरबाट लडेर फिदिम नगरपालिका ८ घलेगाँउका ६५ वर्षीय पदमबहादुर राईको ज्यान गएको छ । 

फिदिम १४ बाँसबोटेको भिरबाट लडेर राईको ज्यान गएको प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मलामी गएका राई अबेरसम्म घर नआएपछि खोजी गर्ने क्रममा उहाँका छोराले मङ्गलवार मृत अवस्थामा फेला पार्नुभएको थियो । 

गोरेटो बाटोबाट झन्डै एक सय मिटर तल मृत अवस्थामा राईलाई भेटिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै