बैतडीमा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु

बैतडी । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ को कलुवामोड नजिक जीप दुर्घटना हुँदा उनीहरुको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

दशरथचन्द नगरपालिका वडा नम्बर २ थलालगाउँबाट दुलही लिएर सोही नगरपालिकाको वडा नम्बर ६ को सिमाईल गईरहेको म १ ज ३१० नम्बरको जीप आईतवार राति साढे ८ बजेको समयमा दुर्घटनामा परेको हो ।


दुर्घटनामा मृत्यु हुनेहरुमा दशरथचन्द नगरपालिका वडा नम्बर ६ का ४५ बर्षिय राजेन्द्र चन्द, सोही ठाउँका ६५ बर्षिय प्रेम बहादुर चन्द, उमेर नखुलेका धन बहादुर चन्द, शेर सिह कार्की र दशरथचन्द नगरपालिका वडा नम्बर ८ का ६५ बर्षिय तारा थापा रहेका छन् । यस्तै गम्भीर घाईते हुनेहरुमा जीप चालक डडेल्धुरा घर भएका दीपक माली र दशरथचन्द नगरपालिका वडा नम्बर ६ सेराकै हर्क बहादुर चन्द रहेका छन् । जिल्ला अस्पताल बैतडीमा उपचार सम्भव नभएपछि उनीहरुलाई डडेल्धुरा रेफर गरिएको बताईएको छ । जीप सकडबाट करिब ५ सय मिटर तल बसेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै