बैतडी ।
बैतडी जिल्लाको पाटन नगरपालिका–६ का ३८ वर्षीय दमनराम पहरीको भिरबाट लडेर मृत्यु भएको छ।
आज बिहान उनको शव स्थानीय गोइडा खोलामा डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज राजेश शाहीले बताए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

























