काठमाडौं ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा को जन्म वि. सं. १९६६ साल कार्तिक २७ गते लक्ष्मीपुजाको दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।
देवकोटा नेपाली साहित्यका महाकवि बहुमुखी प्रतिभाका धनी हुन ।
उनका लोकप्रिय भनाइ :
१. मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।
२. सत्यका लागि त्याग गर्न जसले सक्दैन त्यो कदापी वीर हुन सक्दैन ।
३. खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो ।
४. कुनैपनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन ।
५. घर चिन्न घर छाडौँ तर, घर नबिर्सौँ ।
६. सुन भनेको हातको मैलो हो, आनन्द त त्यसमा छ जहाँ साग र सिस्नुखाँदा मिल्छ ।
७. शिक्षा म त्यसलाई भन्दछु
जसले मानिसलाई व्यवहारिक बनाउँछ ।

























