भारतको फरीदाबाद माओवादी केन्द्र निकट एकता मंचको भेला सम्पन्न, दुई दर्जन नेता कार्यकर्ता प्रवेश

दिल्ली ।
भारतको फरीदाबादमा माओवादी केन्द्र निकट एकता मंचको भेला सम्पन्न भएको छ ।

भारतको हरियाणा राज्य फरीदाबादमा विशाल कार्य्रकममा नेपाली कांगेश निकट सङ्गठन,एमाले निकट सङ्गठन तथा संघ – संस्था तथा विभिन्न पेशागत रुपमा काम गर्ने सुदूरपश्चिम प्रदेशका जिल्ला अछाम बझांग बाजुरा , कंचनपुरका नेता कार्यकर्ताहरुले आफ्नो सङ्गठन परित्याग गरि झन्डै २ दर्जन भन्दा बढी नेता कार्यकर्ता साथीहरुले नेकपा माओवादी केन्द्रको नेतृत्वमा देश विकास र सम्बृद्धि ,कम्युनिस्ट पार्टीको एकता नेतृत्व गर्न सक्ने आसा बिश्वासका साथ अखिल भारत नेपाली एकता मंचमा प्रवेश गरेका छन् ।

कार्यक्रममा नब प्रबेसिका साथीहरुलाई केन्द्रिय सचिब / प्रमुख अतिथि आरबी खड्का अखिल भारत नेपाली एकता मंच केंद्रीय सदस्य मदन सिंह धामी ,जनमुक्ति सेना , जिल्ला सचिवालय सदस्य जाजरकोट महिला नेतृ राम माया हमालले दोसल्ला र अबिरद्वारा भव्य रुपमा स्वागत गर्नु भयेको थियो ।

कार्यक्रममा अखिल भारत नेपाली एकता मंच दिल्ली यूपी हरियाणा समुक्त राज्य समिति उपाध्यक्ष युवा नेता प्रयागराज भट्ट ,राज्य सह सचिब दिपक बोहरा ,राज्य सह सचिब सेर सिंह खत्री ,राज्य सचिवालय सदस्य गोकुल बोहरा लगायत नेतृत्व टीमले सुभकामना मन्तब्य राख्नु भएको थियो ।

नब प्रबेसिका टिमको नेतृत्व गर्दै युवा नेता बासुदेव उपाध्यायले प्रतिबद्धता मन्तव्य राख्नु भएको थियो । प्रवेश गर्नु हुने मुख्य नेतृत्वहरू युवा , महिला नेतृ लगायत २ दर्जन नेता कार्यकर्ता प्रवेश गरेको थिए ।

अखिल भारत नेपाली एकता मंच के. स केन्द्रिय सचीव आर बि खड्काले प्रवासी नेपाली समस्या तथा मुख्य मुद्दा कसरी हल गर्न सकिन्छ ! राजनैतिक ,सांगठनिक रुपमा प्रक्षिणात्मक मन्तव्य सहित राख्नु भयेको थियो ।

अखिल भारत नेपाली एकता मंच केंद्रीय सदस्य मदन सिंह धामीले प्रवासी नेपालीका हक अधिकार तथा बिदेशमा सिकेको सिपलाई स्वदेश प्रयोग गर्ने भने देश समृद्धि हुन सक्छ भन्दै मन्तव्य राख्नु भएको थियो ! जनमुक्ति सेना , जिल्ला सचिवालय सदस्य जाजरकोट महिला नेतृ राम माया हमालले महिला चुलो चौको देखी जनयुद्ध सम्म देशमा ठुला ठुला परिवर्तन महिलाहरुको सहभागिता रहेको भन्दै आफ्नो महत्वपूर्ण बिषयमा बोल्नु भएको थियो ! एकता मंचका राज्य उपाध्यक्ष प्रयागराज भट्टले मन्तव्य सहित सङ्गठनको योजना सहित बोल्नु भएको थियो कार्य्रकम संचालन राज्य सह सचिब सेर सिंह खत्री लामो अथक सङ्घर्षले सङ्गठन निर्माण गर्दै अखिल भारत नेपाली एकता मंच दिल्ली यूपी हरियाणा संयुक्त राज्य समिति अन्तर्गत पर्ने दक्षिण फरिदावाद जिल्ला समिति युवा नेता बासु देव उपाध्यक्षको नेतृत्व मा ३३ सदस्यीय समिति गठन भएको छ ! नव गठिन समिति का पदाधिकारीहरु लगायत सम्पुर्ण सदस्य साथीहरुलाई मुख्य अतिथि ,अतिथिहरूले मंतव्य सहित बधाई तथा कार्यकाल सफलताको हार्दिक शुभकामना दिएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै