मेरो कल्पना

निम्बतरु

मेरो कल्पना त अपुर्व छ
अँध्यारोमा मात्रै बत्ती बल्न सक्छ
एउटा सानो कुवामा पनि जून उदाउन सक्छ
यथार्थभन्दा टाढा गएर मनले बनाएको चित्र र सम्भावना
अद्भुत छ
कल्पना भनेको दिमागले बनाएको रमाइलो संसार हो,
जहाँ असम्भव कुरा पनि सम्भव हुन्छ।

मेरो कल्पना त अपुर्व छ
म जंगलको राजा सिँह भइदिएको थिएँ
सातसमुन्द्रसम्म दरबार फैलिएको थियोे
समुन्द्रमुनि थियो दरबार
रंगीन माछाहरुसँग खेल्दै थिएँ
समुन्द्रको छालहरुमा ताराहरु बगेली खेल्दै थिए
एकैछिनमा मपनि तीन लोक घुम्दै थिएँ

अद्भुत छ कल्पना
मेरा पनि पखेटा पलाएर चराहरुसँग उडेको थें
म सँगसँगै उड्नेहरु कता कता गए
कहाँ जान्छन् कुन्नि
काका खलक एक छैनन्
हुस्सु बनेर बिना पखेटा पहाडहरुमा घुमेको थें
कसो कसो ताराहरु पनि छुइनँ
एकदिन फाटें

अद्वितीय छ मेरो कल्पना
म क्षणभरमा नै जलेको थें चितामा
म अरु मसानहरुसँग प्रेम गर्न थालिसकेको थें
म त फूलको थुङ्गा झैँ धारिलो खोलामा बग्दै थें
म मसान भएर
देवताहरुसँग पनि रसलीला गर्दै थें
बल्ल बुझेको थें देवताहरुको पनि लीला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img