गाजामा भोकमरीको अवस्था भयावह, संयुक्त राष्टसङ्घका कर्मचारी समेत भोकै

प्यालेस्टिनी शरणार्थीका लागि काम गरिरहेका संयुक्त राष्टसङ्घकाे सम्बन्धित निकाय यूएनआरडब्ल्यूएले गाजामा काम गरिरहेका आफ्ना केही कर्मचारीहरू भोकको कठोर पीडामा परेको बताएको छ ।

संस्थाले भोकका कारण गम्भीर पीडा भोगिरहेको भन्ने मार्मिक सन्देशहरू प्राप्त भइरहेको जनाएको समाचार संस्था एएफपीले जनाएको छ ।

गाजाका झन्डै दुई करोडभन्दा बढी जनसङ्ख्या अहिले गम्भीर खाद्य सङ्कटमा परेका छन् ।

डाक्टर, नागरिक सुरक्षाकर्मी र अन्तर्राष्ट्रिय मानवसेवा संस्थाहरूले पछिल्ला दिनहरूमा कुपोषणका घटना तीव्र रूपमा बढिरहेको जानकारी गराएका छन् ।

गाजामा अत्यावश्यक वस्तुको अत्यधिक अभावका कारण खाद्यान्नको मूल्य ४० गुणासम्म बढेको खबरमा भनिएको छ ।

सहायता गर्ने संस्थाहरुले गाजामा भोगिनु परिरहेको पीडा मानव निर्मित भएको र  यसलाई अब रोक्नुपर्ने बताएका छन ।

गएको चैत १९ गते युद्धविराम वार्ता विफल भएपछि इजरायलले गाजामाथि पूर्ण नाकाबन्दी लागू गरेको थियो ।

त्यसपछि करिब दुई महिनासम्म कुनै सामग्री प्रवेश गर्न नदिइएपछि, वैशाखको अन्त्यतिर सीमित रूपमा केही गाडीहरू प्रवेश गर्न दिइएको थियो ।

नागरिक सुरक्षा निकायले आइतवार जानकारी दिँदै पछिल्लो हप्ताभित्र गम्भीर भोकमरी र कुपोषण’का कारण तीन नवजात शिशुहरूले ज्यान गुमाएको जनाएको छ । स्रोत उज्यालो

स्वास्थ्य मन्त्रालयका अनुसार शनिवारदेखि आइतवारको २४ घण्टाभित्र मात्र भोककै कारण १८ जनाको ज्यान गएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img