अन्तिम प्रेमपत्र

निम्बतरु

मृत्युसमीप अनुभवसँगै
यो आधा रातमा अन्तिम पत्र लेखुँ ?
के थाहा बिहानै संसार जल्नेछ
अहिलेसम्म तिम्रो मेरो प्रेमले जलिरहेथ्यो
जलिरहेको भीडबाट
आफ्नै मृत्युको समाचार सुनुँ
के थाहा भोलि संसार यसै नरहन पनि सक्छ
आजको रात लेख्दुँ अन्तिम पत्र ?

त्यतिधेरै छैन मसँग
घाँटी घाँटी डुबाइसकेछ
टाइटानिक डुबेपछि पनि
कस्तो पत्र लेखुँ ?
अब लेखेर के हुन्छ ?
अनुसन्धानका लागि भित्रसम्म खोजेपनि
नभेटिन सक्छ यो अन्तिम पत्र
त्यतिञ्जेल तिमीपनि कतै पुरिईसकेका हुनेछौ
अनि प्रेम ?

हरकोहीको कहानी मुनामदन पनि बन्दैन
बन्दैन लैलामजनुको कहानी
न जूनताराजस्तो हुनसक्छ
हाम्रो त एउटा दुर्गम गाउँको कथा हो
एकाध पुस्ता सुनाइएलान
न उपन्यास बन्छ न फिलिम
म डुबेपछि केही रहन्न
अन्त्य पछि अन्त खोज्नु बेकार छ
तर पनि लेख्छु एउटा अन्तिम पत्र

कसैले भेटिहाले बकवास भन्ला
रद्दी भनेर वास्ता नगर्ला
यो कविको अन्तिम पत्र भनेर
अरु माथा फुस्काहट कविहरुका बीच लिलाम गर्ला
बर्सेनि आफन्तले देलान् पिण्ड
म नभेटिएपछि कुशको मान्छे बनाएर सदगत गर्लान
दुईचारवटा मलामी
घाटछेउ बसेर दैला मारा खेल्लान्
एउटा अन्तिम पत्र यस्तै लेख्दुँ ?

आधा रातमा अन्तिम पत्र लेखुँ
फेरि शहर नै जल्ला पुरै /

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img