हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो ?

काठमाडौं । मौसमविदहरुले मौसम पूर्वानुमान गर्दा हल्का, मध्यम, भारी, धेरै भारी र अति भारी वर्षा जस्ता शब्द प्रयोग गर्छन् ।

यसैगरी एक–दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थान भन्ने शब्द पनि प्रयोग गर्छन् ।

यो भनेको के हो भनेर कतिपयलाई थाहा नहुनसक्छ । आउनुहोस्, यसबारे जानौं–

२४ घण्टाको अवधिमा १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम वर्षा भयो भने मध्यम वर्षा र ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ ।

यदि २४ घण्टाको अवधिमा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम वर्षा भएमा मौसमविदहरुले त्यसलाई धेरै भारी वर्षा भएको मान्छन् । यसैगरी २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ ।

एकदुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थान भनेको के हो ?

मौसमविदहरुले पानी पर्नसक्ने क्षेत्रलाई एक–दुई स्थान, थोरै स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थान भन्छन् ।

एक–दुई स्थानमा पानी पर्छ भनेको १० प्रतिशतभन्दा कम भूभाग समेटिएर एउटा वा दुईवटा स्थानमा पानी पर्छ भनिएको हो ।

यदि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना रहेछ भने ‘थोरै स्थान’मा भनिन्छ ।

उदाहरणका लागि ‘आज दिउँसो कोशी प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ’ भनेको कोशी प्रदेशका १०देखि ३० प्रतिशतसम्म भूभागमा २४ घण्टाको अवधिमा ५० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम वर्षा हुनसक्छ है भनेको हो ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना रहेछ भने त्यसलाई ‘केही स्थान’मा र ५० देखि ८० प्रतिशत क्षेत्रमा पानी पर्ने सम्भावना रहेछ भने त्यसलाई ‘धेरै स्थान’मा भन्ने शब्द प्रयोग गरिन्छ ।

‘अधिकांश स्थान’मा भनेको चाहिँ ८० प्रतिशतभन्दा बढी भूभागलाई समेट्ने भनेर बुझ्नुपर्छ । स्रोत: अनलाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै