मलाई एमालेको नेता भन्न मिल्छ, अध्यक्ष बन्ने हो: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई नेकपा एमालेको नेता भन्न मिल्ने बताएकी छन् । उनले अबको आफ्नो लक्ष्य पार्टीको आगामी नेतृत्व (अध्यक्ष) भएको समेत स्पष्ट पारेकी छिन् ।

बिहीबार इमेज टेलिभिजनका पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा भण्डारीले आफूले सरकारी सेवा-सुविधा परित्याग गरेको जानकारी दिँदै राष्ट्र र पार्टीको हितका लागि राजनीतिमा फर्किएको बताइन् । “व्यक्तिगत पदलोलुपता वा महत्त्वाकाङ्क्षा होइन, राष्ट्रिय आवश्यकताका विषयमा सक्रिय हुन खोजेकी हुँ,” उनले भनिन् ।

केही साताअघि मात्रै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीको आगामी योजनाबारे सार्वजनिक चर्चा चलिरहेका बेला उनले यस अन्तर्वार्तामार्फत आफ्नो लक्ष्य र प्रतिबद्धता खुलेर राखेकी हुन् ।

पत्रकार खरेलले ‘यो सबै गर्नका लागि तपाईँलाई एमालेको अध्यक्ष बन्नुपर्छ भन्ने हो ?’ भनेर सोधेको प्रश्नमा उनले  ‘हो, यस्मा कुनै सन्देह छ र’ भन्ने स्पष्ट जवाफ दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै