
#निम्बतरु
ख्याँचा मान्छेहरुले बुख्याँचाहरुलाई
अझ झिकिझ्यांग र अस्तव्यस्त बनाए
यो पनि पुरानै ख्याँचा हो
पुतलीहरुलाई कठपुतलीहरुले
अझ कठीलाङ र तुच्छ पारिदिए
भाग्य गद्दर पोश बनाइदिए ढोकानेर
गड्डीनरसिङहरुले
तस्कर खबरकागत अर्कै हो
जस्तो सुनिन्छ जस्तो देखिन्छ त्यो हो
लटपटन काम
अझ विष्कम्भक
म सुख- निग्रहमा छु
हिम- मरुभूमि नेर
तब जन्मदै मृत्युको प्रमाणपत्र थम्याइदिन्छ
भाग्य झिरिप्प !
ज्यान देखाजाला
देशलाई जाउलो मात्रै दिनु भनेको
बिरामी हो पक्कै
निभ्न लागेको दियोलाई हत्केलाको सहरा
म बोल्नु पनि
दिवङ्गत घोषणा गरिएका छायाहरु
जब जुरमुराउलान्
जहाँपनि भाँडभैलो
जतापनि रडाको
खप्पर नै उस्तो
आशाको जीवस्मालाई पनि ठाउँ छैन
म पटक पटक मारिए
मुर्दा चेतना बाँसको पुर्दामा अडिएको छु
केही नहुनुभन्दा भावुकताको त्यान्द्रो हुनु
त्यसैमा तुर्लिङएर बाँच्दैछु
यो शून्य आकाशमा

























