२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

जंगली जनावरबाट बाली जोगाउन वैकल्पिक खेती गर्दै भलायडाँडाका किसान

Workplace

गोपाल प्रसाद भट्टराई अर्घाखाँची ।विभिन्न खाद्य तथा नगदे बाली बाँदरले खाइदिएर सताउन थालेपछि सन्धिखर्क–२,

भलायडाँडाका किसानले समुह र सहकारी मार्फत वैकल्पिक खेतीको शुरू गरेका छन् ।                                           बाँदर आतंकबाट परम्परागत बाली जोगाउन नसकेपछि किसानले यसकोविकल्पमा स्थानिय डोलेश्वर बहुउदेश्यिय सहकारी मार्फत कागती र पोख्रेलटोलकृषक समुह मार्फत कफि खेती गर्न थालेका हुन् ।

बाँदरबाट अन्नबाली जोगाउन नसकेपछि वैकल्पिक खेती गर्ने किसानको संख्याबढ्दो छ । खाद्य तथा फलफूल उत्पादन हुने गरे पनि बाँदरबाट जोगाउन कठिनहुन थालेपछि भलायडाँडाका किसानले कृषि समुह र सहकारी मार्फत वैकल्पिकखेती गर्न थालेका हुन् ।

यसअघि मकै, गहुँ, केराउ, मसुरो लगायत फलफूल लगाइने ठाउँमा किसानले अहिलेकागती रोप्न सहकारीलाई जग्गा लिजमा दिएका छन् । भने कृषि समुह मार्फत कफिखेती सुरु गरेका छन् । करिब ६५ रोपनी जग्गामा बार्षिक भाडा बुझाउने गरिकरिब २ हजार कागतीका बिरुवा रोपेको डोलेश्वर बहुउदेश्यिय सहकारी सन्धिखर्कका प्रबन्ध निर्देशक दिपक के.सी.ले बताउनुभएको छ ।

बाँदरले सताएपछि सन्धिखर्क–२ भलायडाँडाका किसानको बाँझै रहने अवस्थाको ६५रोपनी खेतीयोग्य जग्गामा अहिले २ हजार कागती र करिब ५० रोपनी जमिनमा ५हजारबढि कफिका बिरुवा लगाइएको छ । पारिलो अनि मलिलो जमिन, राम्रो खेतीहुने गरे पनि उत्पादन जति बाँदरले खाइदिँदा किसानले उपभोग गर्न पाउँदैनथे

। ‘बाँदरले धेरै नै दुःख दिएपछि परम्परागत अन्नबालीको विकल्पमा सहकारीले

व्यावसायिक कागती खेती शुरू गरेको छ,’ भने हामीले पनि समुहमा कफि खेती

थालेका छौं, स्थानीय अगुवा शिव प्रसाद पोख्रेलले भन्नुभयो, मकै, कोदो,

गहुँ जस्ता अन्नबाली र दलहन तथा अन्य नगदेबाली बाँदरकै कारण संरक्षण गर्न

सकिएन ।’

कागती बारीमा पनि बाँदर नआएको होइन । तर काडा र अमिलो हुने भएपछि

बाँदर कागती खान आउन छाडेको अर्का स्थानीय गोबिन्द प्रसाद पोख्रेलको भनाइ छ । वनक्षेत्रमा बाँदर भुल्ने र

उसले खाने चिज केहि नभएको, यता बाँदर धपाउने मान्छे पनि गाउँमा प्रयाप्त

नभएपछि बारीमा बाँदरबाट अन्नबाली जोगाउन कठिन पर्ने हुँदा कागती र कफि

खेती शुरू गरिएको अर्का स्थानीय कृषक आश्रित चुंदालीले बताउनुभयो ।

यसरी व्यवसायिक खेती गर्ने र उत्पादनमा जोडिने सहकारी, समुह र किसानलाईहर किसिमको सहयोग गर्ने सन्धिखर्क नगरपालिका कृषिशाखा प्रमुख राजेन्द्रभट्टराईले वचन दिएको छ । कागति खेतीको लागि आवस्यक कृषि औजार सहकारीलाईहस्तान्तरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो वचनदिनुभएको हो । कृषि, उद्योग र ब्यापार मार्फत आर्थिक समृद्धि हाँसिल गर्न

सकिने भन्दै यि क्षेत्रका उत्पादनमा जोडिने सहकारीलाई आर्थिक, भौतिक र

प्राविधिक सहयोग गर्ने कृषि शाखा प्रमुख भट्टराईको भनाई छ ।

राज्यले गर्नुपर्ने काम सहकारीले गर्ने गरेको भन्दै सबैको सकरात्मक सहयोग

भएमा उत्पादन र रोजगार क्षेत्रमा आफुहरुले अग्रणी भुमिका खेल्न सक्ने

डोलेश्वर बहुउदेश्यिय सहकारीका अध्यक्ष मोतिराज शर्माको भनाई छ ।

सरकारले बाँदर लगायत वन्यजन्तु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम

ल्याउन सकिरहेको छैन । बाँदर नियन्त्रण भएमा जमिन बाँझो हुने समस्या

घट्ने, गाउँमै रोजगारी सृजना हुने र किसानको आयमा वृद्धि हुने

स्थानीयवासी बताउँछन् । बाँदरले दुःख दिएपछि अघिल्लो आर्थिक वर्षमा

सन्धिखर्क नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगरसभाबाट बजेट विनियोजन

गरि हेरालु समेत खटाएको थियो । तरपनि उक्त योजना समेत सफल हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै