
हृदय भुसाल अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले संचालन गरेको आर्थिक बिकास,पर्यटन प्रबर्द्धन र स्थानिय रोजगारीका लागी अर्घाखाँची पर्यटन प्रबर्द्धन अभियान संचालन गरि नेपाल सरकारका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डबाट उद्घाटन भई अभियान बिभिन्न प्रचारात्मक कार्यक्रम मार्फत अगाडी बढेको महासंघका जिल्ला अध्यक्ष अशोक खनालले बताए ।
अभियानको दोस्रो चरण अनुसार स्थानिय तह हरुले सिफारिस गरेका जिल्लाका मुख्य १९ पर्यटकिय गन्तब्य मध्ये शितगंगा नगरपालिका मुख्य ३ गन्तब्य डमरुदह,सुर्यगुफा,हृवाईलेख संगै भुतिया रह र बालुवाखोलामा पुगी सोमवार र मंगरबार स्थलगत रिपोटिङ्ग गरेको अभियानका प्रभक्ता हृदय भुसालले बताए ।
देशकै सवैभन्दा ठुलो शितगंगा नगरपालिका भौगोलिक बिकटता भए पनि धार्मिक,प्राकृतिक,सांस्कृतिक तथा महत्वपुर्ण पर्यटकिय गन्तब्य भएको धेरै सम्भावना बोकेको पालिका भएको नगरपालिका नगरप्रमुख छविलाल पौडेले बताए । नगरप्रमुख पौडेलले भने,‘प्रयाप्त बजेट नहुँदा जनताको माग र आवश्यकताको आधारमा बिकास गर्न सकेका छैनौँ,तर पनि निरन्तर लागेका छौँ,पर्यटन बिकास र समृद्धिको महत्वपुर्ण क्षेत्र हो,शितगंगा नगरपालिका यसका लागी योजनावद्ध रुपमा अगाडी बढेका छौँ,पत्रकार महासंघ जस्तै सवै सरोकारवाला प्रचार संगै भौतिक पुर्वाधारको बिकासमा लाग्नु पर्छ,सबैको साथ सहयोगको अपेक्षा गर्दछौँ’।
शितगंगा नगरपालिका आफैमा ऐतिहासिक महत्व बोकेको सुन्दर,सफा,प्रकृतिको रमणिय नगरपालिका भएको नगरउप्रमुख गिता भाटले बताईन् ।उपप्रमुख भाटले भनिन,‘जनताको सेवामा दिनरात नभनि लागेका छौँ,तरपनि जती बजेट हुदाँ पनि भौगोलिक बिकटताले गर्दा जनताका असिमित आबश्यकता सिमित स्रोत साधनले गर्दा आबश्यकता अनुसारको बिकास गर्न निकै कठिन भएको छ,अझै धेरै बजेटको आबश्यकता छ ,त्यसका लागी संघ र प्रदेश सरकारमा समेत धेरै योजना माग गरेका छौँ,जिल्लाको दक्षिण क्षेत्रको बिकासमा सवैले सहयोग गर्नुपर्छ,अव गाउँमा आर्थिक बिकास र रोजगारी समेत श्रृजना गर्नको लागी होमिस्टे संचालन गर्न लागेका छौँ,अव पालिकाले स्थानिय उत्पादनलाई पनि व्रान्डिङ्ग गर्ने गरि योजना अगाडी बढाएका छौँ,पत्रकारको यो अभियानले पर्यटन प्रबर्द्धनमा महत्वपुर्ण सहयोग गर्नेछ’ ।
शितगंगाको बिकास र समृद्धिका लागी सवै पक्ष एक भयर लाग्नु पर्ने भन्दै पत्रकार महासंघले संचालन गरेको अभियानमा नगरपालिकोको तर्फबाट सवै हिसाबले साथ समर्थन रहने प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले बताए । क्याम्पसको स्तरउन्नती संगै पर्यटन प्रबर्द्धनमा समेत सहयोग गर्ने उदेश्यले ज्योति भबिश्वर बहुमुखी क्याम्पसले आगामी बैशाख १ गतेदेखी महायज्ञ संचालन गर्न लागेकोले सवैले सहयोग गर्नुपर्ने क्याम्पस प्रमुख बिष्णु भट्टराईले बताए ।
पालिकाका प्रमुख गन्तब्य यसको ऐतिहासिकता र महत्व अवस्था बारे चर्चा गर्नुपर्ने देखिन्छ । प्रत्येक्ष देखिने, केहि ऐतिहासिक किम्बदन्ती, साथै स्थानियहरुको भनाईलाई आधार बनाई चर्चा गर्न सकिन्छ ।
जिल्लाको पर्यटकिय गन्तब्य डमरु दहः
पर्यटकिय हिसाबले निकै आर्कषक र महत्वपुर्ण गन्तब्य हो सितगंगाको डमरु दह । पुर्वपश्चिम राजमार्गको गोरुसिँंगेबाट उत्तरतर्फ लागेपछि कपिलबस्तु जिल्ला र मधेशभुमीको सिमाना संगसँगै समाप्त हुन्छ । उकालो लागेसंगै सुरु हुन्छ अर्घाखाँची जिल्ला यहिँबाटको अलिकति अगाडी बढेपछि अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका केन्द्र ठाडा बजरमा पुगिन्छ । यही ठाडा बजामै छ ठमरु दह । गोरुसिंगे सन्धिकखर्क सडकखण्डको छेउमै रहेको यो दह सवारी साधन सवार अवस्थमामै पनि देख्न सकिन्छ । किम्बदन्ती अनुसार रामले पाईला टेकेको ठाउँमा अलिकती भासिँएर दह बनेको भन्ने छ । यो हेर्दा पाईलाकै आकृती जस्तो पनि देखिन्छ । दहको आकार प्रकार हेर्दा दुई छेउमा फुकेको र बिचमा सुकेको डमरु जस्तो भएकाले डमरु दह भनी नामाकरण गरिए होला भनी सहजै अड्कल लगाउन सकिन्छ । यो दहमा भएको पानी आकाश बाहेक अरु कुनै स्रोत छैन् । तर जतिसुकै ठुलो खडेरीमा पनि पानी नसुक्ने हुदाँ पानीभित्रै नदेखिने भए पनि दह भने २७÷२८ रोपनी जग्मामा अवस्थित रहेको छ । सबैभन्दा दहको परिसर समेतलाई जोड्दा ५३ रोपनी क्षेत्रफल रहेको छ । दहको उत्तर क्षेउमा बराह मन्दिर रहेको छ । जहाँ नित्यपुजा हुनुका साथै बैशाख पुर्णिमाका दिन बलि दिने र मेला लाग्ने गर्दछ । दह र यस क्षेत्रको प्राकृति सौन्दर्यता निकै आकर्षक र मनमोहक छ । पहिल्लो समय सेल्फी स्टान निमार्ण भएकोले धेरै मानिहरु त्यहाँबाट फोटो खिच्ने र डमरु दह रमाउने गर्दछन् । सबैलाई लौभ्याउने प्राकृतीक मनोरम बातावरणमा रहेको अर्घाखाँची जिल्लाको महत्वपुर्ण पर्यटकिय गन्तब्य हो ।
जिल्लाको पर्यटकिय गन्तब्य सुर्य गुफा ः
सुर्य गुफा शितगंगा नगरपालिका वडा १४ पाव्राको पुच्छार वाणगंगा नदिको किनार भन्दा केही माथी अवस्थित रहेको छ । गुफामा बुद्धले वुुद्ध पुर्णिमाको राती यहाँ देशना गर्नु भएको ईतिहास छ । महासमय गुफाको रुपमा पनि चिनिने तलबाट चन्द्रमा उदाएको तस्विर लिन ९ जनाको समुह गई गुफाको शिर र फेदीबाट युगन्दधर पर्वतबाट चन्द्रमा उदाएको तस्बिर लिईएको थियो ।
पुर्णिमाको दिन गुफामा बसेर हेर्दा महाभारत पर्वतमा जुन उदाएको देख्न सकिने र सोही दिन महासमय शुक्त पाठ गर्ने प्रचलन रहेका स्थानिय चुरामणि कार्किले बताए ।साथै सो क्षेत्रमा बालकण्ठ धाम रहेको जहाँ परापुर्वकालमा कुदेका शिलाहरु समेत भेटाउन सकिन्छ ।
सुर्यगुफाको थप अनुसन्धानका लागी लुम्बिनी बौद्ध बिश्वबिधालयबाट केही कामकार्वाहीहरु समेत अगाडी बढेको स्थगानिय जानकारले बताए । जर्मन,थाईल्याण्ड लगायत अन्य देशहरु बाट समेत यस क्षेत्रमा खोज,अनुसन्धान गर्न पटक पटक आएको गत बर्ष अलि ठुलो समुह नै आएको स्थानिय बिर बहादुर खाम्चाकीले बताए । पुर्व फर्केको गुफामा बुद्धले ५ सय भिक्षुहरुलाई उपदेश दिईएको महत्त्वपूर्ण किमदन्ती रहेका छ । लुम्बिनी बाट नजिकै पर्ने उक्त गुफालाई महासमय स्थल पनि भन्ने गरिएको छ । बौद्ध धर्म र गौतमबुद्धको ईतिहास संग जोडिएको पर्यटकिय गन्तब्यमा पुगी अध्ययन अवलोकन गर्दा धेरै कुरा सिक्न र आनन्दको अनुभुती समेत हुने वडा अध्यक्ष दामोदर न्यौपानेले बताए ।
जिल्लाको पर्यटकिय गन्तब्य हृवाईट लेख :
शितगंगा नगरपालिका वडा नम्वर २ मा रहेको साउनेथुम शितगंगा नगरपािलकाको सवैभन्दा अग्लो स्थान हो । यस स्थानबाट शितगंगाको अधिकांश स्थान सहित अग्ला हिमाल र तराई समथल फाँट संगै गोरखपुर सम्म देख्न सकिन्छ ।
उक्त पहाडको निकै अग्लो स्थान धुम्न,पदयात्रा र पिक्निक स्थलको रुपमा धेरै नै उपयोग भईरहेको छ । हृवाटलेख प्राकृतिक शौन्दर्यको निकै महत्वपुर्ण स्थल हो । यस ठाउँमा शितगंगा नगरपालिकाले वाईट वाल समेत बनाई पर्यटकहरुलाई आकर्षित गरेको देखिन्छ । प्रकृतीले दिएको अनुपम उपहार माथी पहाडको टुप्पोमा पुग्दा पैदलयात्रा गरि जानका लागी निकै उपयुतm वातावरण पाईन्छ । समुन्द्री सतह देखी माथी टुप्पो सम्म २२ सय मिटर उचाई रहेको उक्त क्षेत्र सबैलाई लोभ्याउने निकै आनन्ददायी क्षेत्र भएको स्थानियले बताए । प्राकृतिक, मनोरम दृश्य र स्थानिय अर्गानिक खाना खान पाईने महत्वपुर्ण स्थलमा आई सबैले अध्ययन,अवलोकन साथमा प्रकृती संग रम्न सकिने जिल्लाको एउटा महत्वपुर्ण ठाउँमा एकपटक सवैलाई आउन वडा अध्यक्ष राम बहादु क्षेत्री गोर्खाले आग्रह गरे ।
पछिल्लो समय आन्तरिक पर्यटकहरु आउन थालेको दाङ्गबाट माता आई एक महिना तपस्या गरि बिचमा त्रिशुल राखे पछि झन् आर्कषण बढ्दै आएको स्थानिय श्रीधर खत्रीले बताए । सितापुर बजारदेखी माथी टुप्पो सम्म पुग्दा निकै आनन्दायी रमणिय बातावरणमा एकपटक पुगेपोछि फेरी जाउँ जाउँ भन्ने खालको पर्यटकिय गन्तब्यमा जानु पर्ने देखिन्छ ।
जिल्लाको पर्यटकिय गन्तब्य भुतिया रह तथा बालुवा खोला :
शितगंगा नगरपालीका वडा नम्वर ६ मा भुतिया रह संगै वालुवा खोला अवस्थित रहेको छ ।पहाडको फेदी खोचँमा रहेको लामो र गहिरो रहमा गर्मि याममा दैनिक जसो मानिसहरु पौडी खेल्ने र रमाईलो गर्ने गर्दछ । उक्त रह नजिकै प्राकृतिक हिसाबले पनि निकै आकर्षक ठाउँ भएकोले उक्त ठाउँमा करिब ४० जना बिदेशी पर्यटकहरु २८ दिनको प्याकेज बनाई वसिरहेका छन् । अझै यहि सगै आउन लागेको पर्यटकहरुले बताए । सो ठाउँमा आएका बिदेशी पर्यटकहरुले पौडी खेल्ने,प्रकृती संग रमाउने,नयाँ नयाँ कुराहरु सिक्ने,लेख्ने पढ्ने चित्र कोर्ने,बिभिन्न खेल खेल्ने संगित बजाउने, नाच्ने समेत गर्दछन् । भ्रमणमा आएका अमेरिकी नागरिक नाथमले जेम्स आफुहरु प्रकृती संग रम्न र केही पर्यटन बारे अध्ययन,अबलोकन गर्न आएको भन्दै साच्चिकै सुन्दर अर्घाखाँची बारे पत्रकारहरुले प्रचार गरेको जानाकारी पाई आएको बताए ।
ईटाली नागरिक भ्यालेन्टिन अम्निाटिनाले भनिन,‘केही अध्ययन अनुसन्धानका लागी काण्ठमाण्डौँ आएको थिए,पर्यटनका लागी उपयुक्त बातावरण अर्घाखाँची छ भन्ने जानकारी पाए,साथीहरुले पत्रकारले अभियान चलाउनु भएको छ,त्यहाँ जानुस थप अध्ययन अनुसन्धानलाई सजिलो हुन्छ भन्नु भो आए निकै राम्रो बातावरण रहेछ खुसी लाग्यो,तपाईहरुले सहयोग गर्नुपर्छ ,।
देश बिदेशका नागरिकहरु समेत हाम्रो वडामा आई वस्दा वडा र सिंगो नगरलाई खुसी लागेकोे भन्दै जिल्ला भित्र र बाहिरका पर्यटकहरुलाई उपयुक्त क्षेत्र भएकोले सवै एकपटक आउनुपर्ने वडा सदस्य सुर्य सारुले बताए ।
सुन्दर मनोरम प्राकृतिक दृश्य,कलकल बगेको खोला,सुनौलो आवाज,चिरविर चराहरुको मधुर स्वर,चारैदिशा हरियाली,सफा स्वच्छ खाना जो कहिँलाई पनि मन लोभ्याउने उक्त ठाउँमा पुग्दा सवैको मन प्रफुल्तित नै हुन्छ ।
पर्यटनका लागी भौतिक पुर्वाधार नै सवैकुरा होईन भन्ने कुरा यहाँ बाट समेत पुष्टि हुन्छ । तसर्थ हाम्रो गाउँठाउँमा जे जस्तो अवस्थामा भएका पर्यटकिय अनुपम उपहारको बारेमा प्रचार गरौँ अरुलाई जानकारी गराउँ आफु पनि जाउँ आर्थिक बिकास र पर्यटन प्रवद्र्धन अभियानमा लागौँ ।