हृदय भुसाल अर्घाखाँची । आर्थिक बिकास,पर्यटन प्रबर्द्धनका लागी स्थाननिय रोजगारी भन्ने मुलनाराका साथ गत माघ १ नेपाल सरकारका प्रधानमन्त्री पुस्प कमल दाहाल बाट अभियानको उद्घाटन गरि विभिन्न चरणमा प्रचार सामग्री मार्फत अभियान लाई अगाडी बढाएको पत्रकार महासंघका अध्यक्ष अशोक खनालले बताए । पर्यटन प्रबर्द्धन अभियान अन्तरगत बुधबार अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको धातिवाङ्गमा रहेको सिद्धेश्वर गुफा, कालिकाठी लेक, पाणिनी तपोभुमि दह र दुर्वावेश्वर गुफाको स्थलगत रिपोटिङ्ग कार्य सम्पन्न गरेको अभियानका प्रभक्ता हृदय भुसाल बताए ।
अर्घाखाँची जिल्लाको मुख्य पर्यटकिय गन्तव्य:पाणिनी तपोभुमि :
अर्घाखाँचीको पाणिनी तपोभूमिले हाम्रो सभ्यतालाई अमूल्य उपहार दिएको छ। विश्वकै सबैभन्दा पुरानो भाषा संस्कृतको व्याकरण यसै स्थानबाट उत्पत्ति भएको मानिन्छ।
हजारौ वर्ष पहिले पाकिस्तानको लाहोरबाट पाणिनी ऋषिले तपस्या गर्न अर्घाखाँचीको खिदिमस्थित पणेनामा बसेर तपस्या गरे। उनले त्यहीँबाट संस्कृत व्याकरणको रचना गरेका थिए। पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल हो। यहीँबाट सस्कृत भाषाको उत्पत्ति भएको पाणिनि तपोभुमिका पन्डित थानेश्वर पौडेलको भनाई छ। उनका अनुसार यहाँ आएर पाणिनी ऋषिले तपस्या गरेपछि भगवान शिव प्रशन्न भएर डमरु बजाउँदै अईउण्, रिलृक, एओलगायत चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत व्याकरणको रचना भएको भन्ने धार्मिक मान्यता छ।
पाकिस्तानमा जन्मिएका पाणिनीले उनले विश्वकै सर्वोत्कृष्ट व्याकरण ‘अष्टाध्यायी’ लेखे। पाणिनीको रचना अष्टध्यायी शास्त्रीय संस्कृत व्याकरणको सबैभन्दा पुरानो कृति हो। संस्कृतको उदय वैदिक संस्कृतको रूपमा ईसापूर्व १७००–२१०० ताका सुरु भएको थियो। पाणिनीको अष्टध्यायीलगायत संस्कृत भाषाको व्याकरणका नियम र परिभाषाका आधारभूत संकलनहरूले आधुनिक भाषाविज्ञानमा धेरै प्रभाव पारेको कुरा जर्मनीका प्रख्यात भाषाविद् फ्रान्ज बपले पत्ता लगाए। त्यसपछि यूरोपमा उनले संस्कृतमा गरेको योगदानबारे पश्चिममा महत्वका साथ हेर्न थालियो।
संस्कृत भाषाका पिता पनि भन्ने गरिएका पाणिनीको सम्मानमा नेपालले हुलाक टिकट समेत जारी गरेको छ।
संस्कृत व्याकरणका रचयिता पाणिनीको जीवनीका बारेमा लिखित अभिलेख नभए पनि उनी ईसापूर्व चौथोदेखि छैठौं शताब्दीसम्म सिन्धु नदी छेउको सलतुला भन्ने ठाउँ (हाल पाकिस्तान)मा जन्मिएको इतिहासकारहरूले लेखेका छन
पाणिनी ऋषिले पणेनामा तपस्या गरेर निस्किएका चौध सुत्रलाई महेश्वर सुत्राणी भनिन्छ। तिनैका आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण भएको भन्ने संस्कृतका विज्ञहरू बताउँछन्।
प्राचीन समयमा नेपाल, बंगलादेश, भारत, पाकिस्तान, अफगानिस्तानलगायत दक्षिण एसियाली क्षेत्रको बोलचालमा संस्कृत भाषाको प्रयोग हुन्थ्यो। दक्षिण एसियाली भाषामा नेपाली, उर्दू, कास्मिरी, उडिया, बाङ्ला, मराठी, सिन्धी, पञ्जाबी आदि संस्कृतबाट उत्पन्न भएको भाषाशास्त्रीहरूले उल्लेख गरेका छन्। विश्वको इतिहासमै पाणिनीले रचेको संस्कृत व्याकरणलाई संसारकै पहिलो ब्यवस्थित भाषा–प्रणाली मानिन्छ। अर्घाखाँचीको पूर्वमा रहेको पाणिनी गाँउपालिका वडा नं. १ र २ मा यो तपोभूमि रहेको छ। यस तपोभूमिवाट उत्तरतर्फ हिमालयका हिमश्रृंखला तथा दक्षिणतर्फ तराईका फाँटहरू छर्लङ्ग देख्न सकिन्छ। यहाँको प्रचार प्रसार गर्न सके धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रबाट नेपाललाई चिनाउन मद्दत पुग्छ। पाणिनी गाँउपालिकाको नाम पनि यही तपोभूमीको नामबाट रहन गएको हो। यस क्षेत्रको प्रचार–प्रसार गर्न सके अर्घाखाँची लगायत देशकै नाम संसारभर पुराउने सहयोग पुग्नुका साथै पत्रकार महासंघको पर्यटन अभियानले यस स्थानमा पनि आन्तरिक पर्यटक बढेको नारायण पोख्रेलले बताए ।
विश्वकै एउटा धार्मिक पर्यटकीय स्थलमा एकपटक जोकोही पनि पुग्नु पर्ने देखिन्छ । अर्घाखाँची जिल्लाको प्रमुख पर्यटकिय गन्तव्य दुर्वावेश्वर गुफाः
दुर्वाशा ऋषिले तपस्या गरेको स्थल अर्घाखाँचीको पाणिनि गाउँपालिका ३ दुर्गाफाटमा रहेको छ । दुर्वासा ऋषिले यसै स्थानमा तपस्या गरेका थिए । दुर्वासा ऋषिले तपस्या गरेको स्थानको स्थान अहिले दुर्वाशेश्वर गुफाका रुपमा परिचित छ पाणिनि गाउँपालिकाको केन्द्रपनि यसै स्थानमा रहेको छ ।प्राचीन ग्रन्थहरुमा ऋषिहरु र तिनका तपस्या,बिद्वताका साथै आनिबानी बारे उल्लेख भएको पाईन्छ । चर्चितमध्येका एक हुन दुर्बासा ऋषि अन्तन्त्यै रिसाहा र कडापन दिने ऋषिको रुपमा चिनिन्छ्न l उनले तपस्या गरेको ओडारलाई नै अहिले दुर्बाशेस्वर गुफाको रुपमा अहिले चिनिन्छ । दुर्बाश्वर गुफाका अनेक रोचक पक्ष तिनिहरु संघ जोडिएका अनेक भनाई हरु रहेका छन् । गुफाको बाहिरी भागमा विभिन्न मठ मन्दीर,आश्रम हरु रहेका छन् भने भित्र भागमा पनि उतिकै रोचक विभिन्न देवी देवताका मुर्तीका,आकृतीहरु ज्योति स्वरुपको शिव लिंग लगाएतका रहेका छन् । बुढापाकाको भनाई पहिले यो गुफा साततले अर्थात सात वटा तला भएको भन्ने छ । ती तलाहरुमा उनिहरुले लेख्दै र पढ्दै त्यहाँ आवाज जावात गर्दै आएका थिए । अर्को थरीको भनाई अनुसार यो गुफा सत् भएको हुदा सतले गुफा रहन गएको भन्ने किम्मदन्ती छ । गुफा भित्रको पल्लो कुनामा ठुलो प्राकृतिक लिंग छ त्यसको फेदमा जस्तो सुकै सुख्खा र बर्षातमा पनि एकनासको रहिरहने पनिको मुल छ ।गुफाभित्रको आकृति मध्ये गाईका थुन बाट पानी थोपाएको देख्न सकिन्छ । विभिन्न समयमा नित्य पुजाआजा हुने दुर्बासेस्वर गुफा विभिन्न दृस्ठिकोणले अध्ययन अबलोकन र मनोरम समेत रहेको छ । यस स्थानको प्रचारप्रसार विकाससँगै पर्यटकिय पुर्वाधारको विकासमा गाउँपालिकाले पनि काम गरिरहेको गाउँपालिकाका उपाध्यक्ष नर्मदा गौतमले बताउनुभयो ।
जिल्लाको मुख्य पर्यटकिय गन्तब्य सिद्वेस्वर गुफा ढुङ्ढुङ्गे पाणिनी–६, अर्घाखाँची :
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ मा अवस्थित सिद्धेश्वर गुफा उत्तर वाहिनी गंगा किनारकै छेउमा पहराको भित्तोमा सिद्धेश्वर गुफा रहेको छ, यस गुफालाई ढुङ्ढुङ्गे गुफाको नामले चिनिन्छ । दुर्वासा ऋषिले राजा पाण्डुकी पत्नी कुन्तालाई मन्त्र सुनाएको स्थल गुफा भएकाले ज्यादै पवित्र मान्निछ । गुफाको तल उत्तर वाहिनी गंगा वगेको छ । उक्त गंगा नाम अनुसारनै दक्षिण दिशाबाट उत्तर दिशातर्फ वगेको छ । उक्त गुफा कुन्तीको ५२ कोठे दरबारको रुपमा रहेको छ । सो गुफामा कुन्तीले दुर्वासा ऋषीको सेवा गरेवापत ऋषीले महत्वपुर्ण मन्त्र दिक्षीत गरी मन्त्रका आधारमा उनले सुर्यलाई आरधना गरिन् । त्यसपछी सुर्य उपस्थिती भई मलाई किन बोलाएको भनी कुन्तीले प्रश्न सोधिन ? सुर्यले मेरो मन्त्रको परिक्षण गर्न उपस्थित भएको भनि कुन्तीले हजुरको दर्शन पाए, खुसी छु, केहि चाहिएको छैन भन्दा सुर्यले कुन्तीलाई वरदान दिई कर्णलाई गर्भधारण गरिन् । कुन्ती अविवाहित थिईन, गर्भधारण पछि कर्ण पानीमा बगेर गएको भन्ने इतिहास छ । कर्ण त्यही जन्मेका थिए, कर्ण जन्मदाको नाल काट्दा नावीबाट रगत वगी ढुंगामा लागेको र उक्त ढुंगामा अहिले पनि रगत देख्न सकिन्छ । रगत कसरी रह्यो अनुसन्धानको विषय रहन सक्छ । गुफामा सेतो स्तम्भ छ, स्तम्भ बजाउँदा कासको स्वर आउँछ । गुफामा कुन्तीले नुवाएका १०८ धाराहरु, उत्तरवाहिनी नदिको किनारा भद्रशिला रहेको छ, जसलाई ठुलढुंङ्गा भन्निछ । गुफाको शिरमा कालिका मन्दिर माईकास्थान, पुर्वमा मालिका मन्दिर सँगै धार्मिक पहिचान झल्काउँने शेषनागका शिलाहरु रहेका छन् । यो प्राकृतिक रुपमै रहेको ऐतिहासिक गुफा हो । गुफाभित्र शिवलिंग, पार्वती, गणेश, हात्तीको सुँड र नागका आकृति भएका मूर्ति छन्। प्रचार नहुँदा त्यहाँसम्म जिल्लाभित्रका आन्तरिक तथा बाह्य पर्यटक पुग्न सकेका छैनन्। परापुर्वकालदेखी उक्त ठाउँमा गुफा रहेपनि २०६८ सालदेखी गुफामा आउँन जान लागिएको हो ।
स्थानिय तुल्सीराम पौडेलका अनुसार गुफाको नाम ‘शिद्धेश्वर गुफा’ नामकरण गरिएको बताउँनुभयो।’ ढुङढुङ्गे जंगलमा गुफा छ, भन्ने हल्ला पछि जंगलमा पुगेर तत्कालिन समयमा खोजी गरी गुफा भेट्टीएको हो ।
खेतमा तथा जंगलमा घासँ काट्न जादाँ ओडार छ, भनेर डराउँने गरेको स्थानिय बताउँछन् । गुफाको प्रचारप्रसार र गुफाको विस्तृत अध्ययन भने हुन सकेको छैन। ‘गुफाको करिब ६० मिटर भित्रसम्म मानिसहरु पस्ने गर्छन, ‘त्योभन्दा भित्र पनि गुफा छ, भएपनि कति लामो छ भन्ने एकिन गर्न सकिएको छैन।’ गुफाभित्र अँध्यारो छ। बत्ती बालेर मात्रै पस्न सकिन्छ । कुनै भागमा फराकिलो तथा कुनैमा साँघुरो भएकाले भित्र पस्न गाहृो छ, गुफाभित्र रहेका विभिन्न किसीमका मुर्तिबाट पानीका थोपाहरु खसेको दृश्य देख्न पाइन्छ। गुफाभित्र पस्ने ठाउँ साँघुरो रहे पनि भित्र फराकिलो छ ।
गुफाको संरक्षण तथा प्रचारका लागि स्थानीयवासी पनि सक्रिय हुन थालेका छन्। गुफाको ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्व रहेकाले यसको प्रचारप्रसार, संरक्षण, संवद्र्धनमा लागि पर्नेमा वडा अध्यक्ष कृष्ण पौडेलले बताउँनुभयो । जिल्लाको पर्यटनको महत्त्वपूर्ण गन्तब्यको रुपमा बिकास गर्न सबैले सहयोग गर्नु पर्ने कार्यापालिका सदस्य तारा पौडेलले बताईन । महत्त्वपूर्ण ऐतिहासिक गन्तव्यमा सबैलाई अबलोकन गर्न स्थानिय समाजसेबि हुमा पौडेलले आग्रह गरे । साच्चिकै महत्त्वपूर्ण ऐतिहासिक र प्राकृतिको अनुपम ठाउँमा एकपटक सबै पुग्न पर्ने देखिन् ।गुफालाई सबै हिसाबले थप बिकास र आकर्षक बनाउनका लागी योजना बद्व रुपमा अगाडि बढिएको पत्रकार घनश्याम पौडेलले बताए । साच्चिकै महत्त्वपूर्ण ऐतिहासिक प्राकृतिको अनुपम ठाउँमा सबैले अबलोकन गर्न सकिन्छ ।
जिल्लाको पर्यटकिय गन्तव्य कालिकाठी लेक
पर्यटकिय दृष्टिकोणले महत्वपुर्ण मानिएको कालिकाठी लेक पाणिनी गाउँपालिकाको वडा नं. ५ मैदानमा पर्छ । मार्कन्य पुराणमा उल्लेख भएअनुसार देवघाटदेखी ऐरावती सम्मको महाभारत पर्वत श्रृङ्खला भगवान शिवको मुख्य भ्रमण गर्ने स्थान नरपानीको लेकमा रावणले एक खुट्टाले टेकेर शिवको तपस्या गर्दा शिव खुसी भई महामृत्युन्जय मन्त्र दिक्षित गरेको पवित्र भुमी कालीकाठी क्षेत्र हो । यहाँ सुपादेउराली–नरपानी–ॐ श्रृकृष्ण गौशला–लहरे लेक–कालीकाठी लेक हुदैँ पाणिनी तपोभुमि दहसम्म पर्यटकीय मार्गको रुपमा विकसीत गर्न सक्ने सम्भावना छ । कालीकाठी लेक जिल्लाको महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्ने विश्वास छ । वरपर जंगल रहेको यो क्षेत्रको प्रचारप्रसार गर्न सके आन्तरिक मात्र नभई बाह्य पर्यटकलाई समेत आकर्षित गर्न सकिने सम्भावना छ । यहाँ पर्यटकीय पुर्वाधारहरुको आवश्यकता छ ।
कालीकाठी लेकबाट उत्तरतर्फ विभिन्न हिमशिखरहरू अवलोकन गर्न सकिन्छ, पुर्वमा पाणिनी तपोभुमि दह र दक्षीणमा तराईको समथर भूभागसँगै लुम्बिनी प्रदेशका केही जिल्ला सँगै भारतको गोरखपुरमा रेल हिडेको देखीने ठाउँ हो । प्रकृतिको वरदान सँगै रावण हिडेको क्षेत्र भएकोले प्राकृतिक रूपमै रहेको यो क्षेत्र ऐतिहासिक छ । जनताको माग र आबश्यकताको आधारमा बिकास निमार्णको काम अगाडी बढाएको भन्दै आर्थिक बिकास र पर्यटन बिकास लाई प्राथमिकताका साथ अगाडि बढाएको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताए । पर्यटन प्रबर्द्धन अभियान निरन्तर चल्ने पत्रकार महासंघले जनाएको छ ।