१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

दादुरा-रुबेला खोप अभियानः पाणिनी गाउँपालिकामा स्वास्थ्यकर्मीहरुको अभिमुखीकरण गोष्ठी सम्पन्न

Workplace

नविन विक अर्घाखाँची । दादुरा-रुबेला खोप अभियान २०८०/८१ अन्तर्गत खोप दिने स्वास्थ्यकर्मीहरुको १ दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । स्वास्थ कार्यालय अर्घाखाँचीको आयोजना र पाणिनी गाउँपालिका स्वास्थ शाखाको समन्वयमा मंगलबार पाणिनी गाउँपालिकामा अभिमुखीकरण गोष्ठी भएको हो । जिल्लाका सबै पालिकामा स्वास्थ कार्यालय अर्घाखाँचीले अभिमुखीकरण गोष्ठी गरिरहेको छ ।                                                  अर्घाखाँचीमा यहीँ फागुन १३ गतेदेखि १७ गतेसम्म दादुरा-रुबेला खोप अभियान संचालन हुँदै छ । ५ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगि खोप लगाउन सकिने स्वास्थ कार्यालय अर्घाखाँचीका सुचना अधिकारी तथा कार्यक्रम सुपरभाइजर विजय विकले बताएका छन् । यस अभियानमा ५ वर्षमुनिका बालबालिकालाई छुट भएका नियमित खोप पनि लगाइने भएकाले खोप कार्ड लिई आउन उनले आग्रह गरेका छन् । “राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत १३ गतेदेखि जिल्लामा दादुरा-रुबेला खोप अभियान संचालन हुँदै छ, नेपालले सन् २०२६ सम्म दादुरा-रुबेला नियन्त्रण गर्ने लक्ष्य लिएको छ,’ उनले भने ‘दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाईरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । त्यसैले सबै बालबालिकालाई दादुरा-रुबेला बिरुद्धको खोप लगाउन आवश्यक छ ।’ दादुरा रुबेला रोग लागे पश्चात् खास उपचार नभएको पाणिनी गाउँपालिकाका स्वास्थ शाखा प्रमुख शेषकान्ता घिमिरेले बताए  । उनले यी  रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार र जटिलताकोे उपचार गर्नु पर्ने बताए । यस्तै  साथै बिरामीलाई भिटामिन ‘ए’ अनिवार्य रुपमा खुवाउनु पर्ने बताएका थिए । ‘दादुरा-रुबेलाबाट बचाउन नियमित खोप मार्फत बालबालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दुई मात्रा लगाउनु पर्दछ,’ उनले भने ।

दादुरा रुबेला रोग कुनै पनि उमेरका मानिसलाई र विशेष गरी ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्ने र छिट्टै महामारीको रुप पनि लिन सक्ने सुदनराज गौतमले बताएका थिए । उनलेे १ बराबर १८ जनामा सर्ने बताउँदै श्वासप्रश्वासको माध्यमबाट समेत दादुरा-रुबेला सर्ने बताएका थिए । दादुरा-रुबेलाले गर्दा बालबालिकामा अरु संक्रामक रोगहरू हुने सम्भावना पनि बढाउने गौतमको भनाइ थियोे । ‘बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ,’  उनले भने ‘रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्गहरू देखा पर्न सक्छ ।’

कार्यक्रममा पाणिनी गाउँपालिका भित्रका स्वास्थ संस्थाका खोप दिने स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पाणिनी गाउँपालिका स्वास्थ शाखा प्रमुख शिषकान्त घिमिरेको अध्यक्षता र राम प्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै