१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

जिल्ला समन्वय समिति प्रमुख कोईराला द्वारा सुभकामना व्यक्त

Workplace

हृदय भुसाल अर्घाखाँची ।उज्यालो पर्वको रुपमा मनाइने तिहार पर्वमा झिलिमिलि बत्तीले घरहरु रंगिएका छन् । शहर बजारमा फूल र अरु व्यापार व्यवसायको भिड छ । यमपञ्चक सुरु भएदेखि पाँच दिन मनाइने यस पर्वको हरेक दिनको छुट्टा छुट्टै विशिष्ट महत्व छ । तिहार पर्वको अनेकन ऐतिहासिकता, जनविश्वास र मानक नेपाली समाजमा स्थापित छ । यस अवसरमा खेलिने देउसी भैलोले तिहार पर्वलाई अझ बढी सामाजिक र ऐतिहासिक बनाउने गर्दछ ।  सोही अबसरमा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोईरालाले तिहार सगै छट पर्वको अबसरमा देश बिदेशमा रहनु हुने सम्पुर्ण दाजु भाई दिदी बहिनी हरुमा सु:ख शान्ति र समृद्धिको कामना गर्दै सुभकामना व्यक्त गर्नु भएको छ । प्रमुख कोइरालाले सुभकमना सन्देश दिदै भन्नु भयो यस पर्वको मुख्य सन्देश र भावना नै आपसी सद्भाव, आदर–सम्मान, मेलमिलाप, भ्रातृत्व र सहिष्णुता हो । चाहे त्यो पशुपंक्षी, मान्छे र प्रकृति बिचमा होस् या दाजुभाइ, दिदीबहिनीहरुका बिचमा होस् । तिहारले छुट्टै खालको आत्मियता, हार्दिकता र भावनात्मक सम्बन्धलाई स्थापित गर्छ यस वर्षको तिहारले पनि नेपाली समाजमा सबैका माझमा अझी बढी आपसी सद्भाव र सामाजिक सहिष्णुताको विकास गर्न सकोस् । तिहारको उपलक्ष्यमा तपाईं सम्पूर्णमा फेरि पनि सुभकामना हार्दिक मंगलमय शुभकामना !         तिहार उज्यालो पर्व त हुँदै हो । यसका अतिरिक्त रंगहरुको पर्व पनि हो । नेपालमा पर्वहरूको धार्मिक रंग मलिनो हुँदै गएको अवस्थामा तिहारमा प्रयोग गरिने रंगले सांस्कृतिक चमक बढाइरहेको छ । दसैंजस्तै तिहार पनि कुनै जात, समुदाय वा सम्प्रदाय विशेषमा सीमित छैन । शरद् ऋतुको मध्यमा पर्ने तिहारमा काग, कुकुर, गाई, गोरु, गोवर्धन पर्वत, दाजु, भाइ, दिदी, बहिनी सबैलाई आदर र सम्मान गर्दै पाँच दिनसम्म पूजा गर्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै