१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

पाल्पा जिल्लाका स्थानिय तहले गरे फुलको माला प्रयोग गर्न आग्रह

Workplace

पदम गैरे पाल्पा । पाल्पा जिल्लाका स्थानीय सरकारले नेपालीहरुको दोस्रो ठूलो पर्व दिवापली (तिहार)मा प्राकृतिक फूलमाला प्रयोग गर्न आग्रह गरेका छन । अधिकांश स्थानीय तहले सूचना जारी गरेर प्लाष्टिकजन्य फूलमालाको प्रयोग नगरी स्थानीयस्तरमा कृषकहरुले उत्पादन गरेको प्राकृतिक फूलमाला प्रयोग गर्न अनुरोध गरेका छन ।

माथागढी गाउँपालि र तानसेन नगरपालिकाले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न नगराउनुहुन भनिभएको छ । माथागढी गाउँपालिका सयपत्री फूलमा आत्मनिर्भर रहेकोले फूल कृषकहरुको प्रोत्साहनका लागि प्राकृतिक फूलको प्रयोग गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनभुयो । उहाँले प्लाष्टिकजन्य फूलमालाले वातावरण प्रदुषण गराउनुका साथै मानव स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने अवस्थालाई मध्यनजर गरी दिवावलीमा प्लाष्टिकजन्य फूल, माला विक्री वितरण नगर्न व्यापारीहरुलाई आग्रह गरिएको बताउनुभयो ।

प्राकृतिक फूलहरुबाट बनेका सामग्री प्रयोग गर्न व्यापारी तथा सर्वसाधरण नागरिकलाई अनुरोध गरिएको छ । सूचनामा प्राकृतिक फूल उत्पादन गरिरहेका कृषकहरुको नाम ठेगाना र सम्पर्क सहितको जानकारी सार्वजनिक गरिएको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । उहाँले दिपावलीमा मात्र नभै हरेक पर्व, उत्सवमा आवश्यक पर्ने फूलमाला प्राकृतिक प्रयोग गर्दा स्थानीय उत्पादनको प्रवद्र्धन हुनुका साथै कृषकहरुलाई प्रोत्साहन मिल्ने बताउनुभयो ।

पाल्पामा अहिले करिब ५ हेक्टर क्षेत्रफलमा प्राकृतिक फूल खेती हुने गरेको छ । पछिल्लो समय क्रमिक रुपमा व्यावसायिक फूल खेती गर्नेको संख्यामा वृद्धि हुर्दे आएको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले बताउनुभयो । उहाँकाले पहिला सामान्य रुपमा सोख र सोभाका लागि सीमित क्षेत्रफलमा गरिने फूल खेती अहिले व्यावसायिक बन्र्दै गएको बताउनुभयो । जिल्लामा न्यूनतम २ रोपनी र अधिकतम ७ रोपनी क्षेत्रफलसम्म फूला खेती गरेका कृषकहरुले राम्रो आम्दानी लिने गरेको प्रमुख अधिकारीको भनाइ छ ।

तानसेन, रामपुर, बगनासकाली, रिब्दीकोट, पूर्वखोला र माथागढीलगायतका स्थानका कृषकहरुले सयपत्री फूलको खेती गर्दै आएका छन । केही स्थानमा ज्ञान केन्द्रबाट बीउ, प्रविधिका साथै आवश्यक परामर्श सेवा उपलब्ध गराउदै आइएको ज्ञान केन्द्रले जनाएको छ । प्राकृतिक फूलको प्रयोग गर्दा कृषक र उपभोक्ता दुबैपक्षलाई आर्थिक रुपमा फाइदा हुने बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । उहाँले प्लाष्टिकजन्य फूलमालाको गुणस्तर बारेको ज्ञानको अभाव हुँदा त्यसले आर्थिक नोक्सनी सहित वातावरण र स्वास्थ्यमा ठूलो असर गरेको बताउनुभयो । स्थानीयस्तरमा उत्पादन भएको फूलमाला प्रयोग गर्दा स्वास्थ्य, वातावरण र आर्थिक रुपमा फाइदा पुग्नुका साथै कृषकहरुमा उत्साह थपिने अध्यक्ष चिदीको भनाइ छ ।

स्थानीय सरकारले प्लाष्टिकजन्य फूलमालाको प्रयोग नगर्न नगराउन भनेपनि जिल्ला सदरमुकाम तानसेनका साथै अन्य ग्रामीण क्षेत्रमा रहेका बजारका व्यापारीहरुले भने प्लाष्टिकजन्य फूलमाला विक्रीका लागि विगतमा झै सजायर राखेका छन । सूचना निकाल्ने र त्यसको कार्यान्वयनमा आवश्यक ध्यान नदिँदा समसय समयमा समस्या हुन्दै आएको छ । सबैभन्दा पहिला सर्वसाधारण नागरिकलाई प्लाष्टिकजन्य फूलमालाको प्रयोगबाट पर्ने असरका बारेमा सचेत बनाउनुपर्ने पत्रकार राजेन्द्र लिगलले बताउनुभयो ।

उपभोक्ता सहित स्थानीय व्यापारिहरुलाई सचेत बनाएर प्राकृतिक फूलको विक्री वितरण गर्ने अवस्था निर्माणमा स्थानीय सरकारले सहजीकरण गर्दा कृषकलाई प्रोत्सहान मिल्ने उहाँको भनाइ छ । पर्व लक्षित फूल खेती गरेका कृषकको बारीबाट समयमा फूल विक्री नभए सुकेर नास हुन्छ । यसको विषयमा गम्भीर भएर कृषकलाई फूल खेतीमा टिकाइ राख्न सूचना अनुसार फूलमालाको प्रयोग गर्ने अवस्था निर्माणका लागि सबैपक्षको सहयोगको आवश्यकता रहेको सरोकारवालाहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै